चन्द्र शमशेरको जति पनि क्षमता नभएको ओली सरकार …..

0
31

टिबी (क्षयरोग) को लागि टोखाको जंगल अनि कोरोना भाइरस क्वारेन्टाइनको लागि वस्तीविचको खरिपाटी ?

आजभन्दा करिव ११९ वर्ष अघि (सन् १९०१ देखि) प्रधानमन्त्री बनेका चन्द्र शमशेरलाई त्यतिखेरको खतरनाक सरुवा रोग क्षयरोग हुदाँ काठमाडौं उत्तरतर्फ टोखाको सल्लाघारी वनमा राख्ने व्यवस्था गरिएको थियो | चन्द्र शमशेरले नै बनाउन लगाएको त्यस्लाई ‘टोखा स्यानिटोरियम ‘भनिन्थ्यो  टिबीका विरामीले स्वास फेर्दा सद्दे मानिसमा टिबीका किटानु नसरोस भनेर १०० वर्ष अघि नै सहर वजार र वस्तीबाट निकै पर “टोखा स्यानिटोरियम” मा राखेर उपचार गरिन्थ्यो रे | औसधि पाउन थालेपछि सहरमा उपचार गर्न थालिएको हो |

तर वर्तमान सरकारले मध्य शहर र वस्तीको विचका सरुवा रोग अस्पताललाई वस्तीभन्दा टाढा सार्ने त परै जाओस, यतिखेर डरलाग्दो मानिएको नोवेल कोरोना भाइरस प्रभावित मुलुक चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरको वाक्लो वस्ती नजिक खरिपाटी र विदेशीको भिड लाग्ने नगरकोटमा क्वारेन्टाइन पोस्ट बनाएर राख्ने भनेको छ |
(भलै ति नेपालीलाई कोरोना भाइरस भएको पुस्टि भएको छैन र नहोस पनि, तथापी वस्तीका अन्य निरोगी जनताको स्वास्थ्यप्रति भने सरकार निकै संवेदनशील हुनु जरुरी छ |)

कोरोना भाइरस संक्रमित विरामीको उपचारको लागि चीनले रातारात हजार बेडको अस्पताल बनाएजस्तै कोरोना जस्तै सरुवा रोगका विरामीहरुलाई राख्नको लागि टोखा स्यानिटोरियम जस्तै अग्ला डाँडाका सल्लाघारीतिर स्थायी रुपमै अस्पताल बनाए हुँदैन ? उपत्यका वरिपरीका वनजंगल भित्र सरुवा रोगको उपचारको लागि अस्पताल बनाएपछि अरु सद्धे मानिस
पनि डराउन पर्दैन र यसको विरोध पनि हुदैन |

Loading...
SHARE
Previous articleएजे कप भलिबल प्रतियोगिताको तयारी सम्पन्न, खेल भोली देखी
Next articleपठन संस्कृतिको विकास गर्नु जरुरी : विजुक्छे