पठन संस्कृतिको विकास गर्नु जरुरी : विजुक्छे

0
29

सञ्जीब दुलाल
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पठन संस्कृतिको विकास गर्नु पर्ने बताएका छन् ।
आरम्भ नेपालको आयोजनामा भक्तपुरको लामगाल चौरमा शुक्रबारबाट सुरु भएको पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै नेता विजुक्छेले हाल सामाजिक संजालका कारण पठन संस्कृतिमा ठुलो असर परेको बताएका थिए ।
उद्घाटन अघि अध्यक्ष बिजुक्छेंले आफूले सरकारी जागिर नखाएको प्रसंग उल्लेख गर्दै पठन संस्कृतिको विकास गर्नु जरुरी रहेको बताएका थिए । कार्यक्रममा उनले बढ्दो सामाजिक सञ्जालको प्रयोगले पठन संस्कृतिमा असर पुर्याएकोमा चिन्ता जनाउँदै सानैदेखि पढ्ने बानी विकास गर्न सके पठन संस्कृति दीगो हुनेमा जोड दिए ।‘जसरी शरिरको लागि व्यायाम आवश्यक छ, त्यसरी दिमागको लागि पठन आवश्यक छ ।’ उनले भने ।
उद्घाटन पछि उनले प्रदर्शनीमा सहभागी भएका विभिन्न प्रकाशकहरुले मिलाएर राखेका पुस्तकहरुको अवलोकन गरी पुस्तकका विषयमा भलाकुसारी समेत गरेका थिए ।
राजनीतिक वृत्तका मात्र नभएर लेखनका क्षेत्रमा पनि सिद्धहस्त बिजुक्छेंले सो क्रममा विभिन्न साहित्यिक, राजनीतिक, सामाजिक र साँस्कृतिक विधाका पुस्तकहरु रोज्दै खरिद गरेका थिए ।
सो क्रममा उनले रसियका उत्कृष्ट कथाहरु, हावर्ड फास्टको ‘साहित्य र यथार्थ’, नेपाली समाज र संस्कृति, संसोधनवाद र पश्चगमन, जे. कृष्णमुर्ति लिखित एक पुस्तक, प्रज्ञा निबन्ध संग्रह, प्रज्ञा समकालीन प्रतिनिधि छन्द कविता, सिद्धिचरण श्रेष्ठका कविताहरु, नेवारी भाषाका केही आधुनिक कविता, नेपालका दार्श्निकहरु, जातिहरुको उत्पति, छन्दोहार र शम्भुराम श्रेष्ठको मेरो राजनीतिक जीवन नामक किताब रोजेका थिए ।
पुस्तक छान्दै गर्दा उनले प्रगतिवादी साहित्यकार हृदयचन्द्र सिँह प्रधानका प्रतिनिधि कविताहरु खोजेका थिए ।
उनले कथाकार भवानी भिक्षुको कथा संग्रह देखेपछि चर्चामा आउन नसकेका स्रष्टा भएको बताए ।
कार्यक्रममा पत्रकार लक्ष्मणराज जोशीले पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनीले पुर्याउने योगदानको चर्चा गरे ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बालकृष्ण बनमाला, लक्ष्मीप्रसाद चवाललगायतले पनि पुस्तक प्रदर्शनी गर्नुको कारण खुलाए ।
आयोजक नेपालका अनुसार प्रदर्शनीमा १८ वटा पुस्तक प्रकाशकहरुका स्टल, खाजा स्टल समावेश छ ।
आगामी ४ गते सम्म चल्ने उक्त प्रदर्शनीमा वाल साहित्य देखि विभिन्न विद्याका पुस्तकहरु उपलब्ध रहेका छन् ।

Loading...
SHARE
Previous articleचन्द्र शमशेरको जति पनि क्षमता नभएको ओली सरकार …..
Next articleनाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग