बहुउद्देश्यीय सामुदायिक भवन बनाउन दुवाकोटमा सप्ताह लगाईदै

0
192

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बहुउद्देश्यीय सामुदायिक भवन बनाउने श्रीमद भागवत लगाईने भएको छ ।
संघषशीला युवा समाजको आयोजनामा यही फाल्गुुन १२ गते देखि २० गते सम्म भागवत भाष्कर पं माधव प्रसाद कुइँकेलको मुखारविन्दुबाट दुवाकोट हँसिलो बेसिगाउँमा भागवत लगाईन लागेको आयोजक संस्थाले जानकारी दिएको छ ।
सामुदायिक रुपमा नै हाते मालो गर्दै सबैका लागि चाहिने बहुउद्देश्य भवन निर्माणका लागि आफरुले भागवत लगाउन लागेको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाताहरुको सहयोगमा नै उक्त भवन निर्माण गर्न लागेका छौं । भोलीका दिनमा मर्दा एवं पर्दा उक्त भवनको उपभोग समुदायले गर्न सकौं भन्दै सामुदायिक भवन बनाउन स्थानीय युवा एक जुट भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भगवत श्रमण गर्न समस्त भक्तजनहरुमा अनुरोध समेत गर्नुभएको छ ।

Loading...