चैत ४ गतेखि ८ गतेसम्म द्वारकाधीश एवं पाथीभरा वैष्णोदेवी प्राण प्रतिष्ठा हुने

0
28

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) स्थित् पाथीभरा मन्दिरमा आगामी चैत ४ गतेखि ८ गतेसम्म द्वारकाधीश एवं पाथीभरा वैष्णोदेवी माताको प्राण प्रतिष्ठा हुने भएको छ ।
सङ्गितमय कथा वाचक एवं १०८ भागवत बाचक अरबिन्द्र शास्त्रीको मुखारबिन्दबाट मन्दिरको प्राण प्रतिष्ठा हुने भएको हो । बिहिवार पाथीभरा मन्दिर व्यवस्थापन समितिको बैठक बसी चैत ४ गतेदेखि ८ गतेसम्म माताको प्राण प्रतिष्ठा र बावन पुराणमा आधारित कथा वाचन गर्ने निर्णय भएको हो ।
चैत ४ गते कलश यात्रा एवं महायज्ञ समुद्घाटन हुने र कथा वाचन आरम्भ गरिने, ५ देखि ८ गतेसम्म दैनिक कथा वाचन गर्ने, पाँचै दिन बिहान ५ बजेदेखि ७ बजेसम्म मण्डप पूजा, ७ देखि १० बजेसम्म पाठ पारायण, ११ः३० देखि ३ः३० बजेसम्म कथा वाचन गरिने १०८ भागवत बाचक अरिबन्द्र शास्त्रीले जानकारी दिनुभयो ।
८ गते द्वारकाधिश स्थापना गर्ने र मन्दिरमा छत्रिय अपर्ण गरिनेछ ।
गौ संरक्षण केन्द्रका प्रमुख सल्लाकार धु्रव्रनारायण श्रेष्ठद्वारा चाँदीको छत्र अपर्ण गर्ने तयारी भएको हो । समितिको बैठकमा समितिका अध्यक्ष अर्जुन बस्नेतले प्राण प्रतिष्ठा कार्यक्रमका लागि समितिका पदाधिकारी र उपसमितिलाई आजैदेखि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
गौर संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले प्राण प्रतिष्ठा कार्यक्रममा सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

Loading...