भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम हुने

0
200

 भक्तपुर । भक्तपुर साँगीतिक समाजको आयोजनामा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम हुने भएको छ ।

“सोच”, “खोज”, “मोज” र “म सक्छु” जस्ता उत्प्रेरक तथा सकारात्मक सोच प्रती अग्रसर हुन प्रेरणा दिने खालका पुस्तक एवं विभिन्न सकारात्मक प्रवचनका लागि लामो समय देखि कलम चलाउँदै र हौस्याउदै आएका नेपालका एक सफल होटल ब्यवसायी समेत रहेका लेखक तथा उत्प्रेरक कर्ण शाक्यका साथमा उक्त कार्यक्रम हुने भएको हो ।

भक्तपुरको ईताछे स्थित नःपुखु बैनक्वेटमा कर्ण शाक्यका साथमा भक्तपुर सांगीतिक समाजको आयोजनामा सकारात्मक सोचका लागि कर्ण शाक्य संङ साक्षात्कार गराउन लागिएको समाजका अध्यक्ष प्रविण शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा सकारात्मक सोचका लागि विभिन्न पुस्तक मार्फत आफ्नो कलम चलाउँदै आउनुभएका शाक्य संङ हामी नयाँ पुस्ताले धेरै सिक्न, थाहा पाउन र प्रेरित हुन सक्ने भन्दै भक्तपुरका जागरुक जन समुदायका लागि आफूहरुले उक्त कार्यक्रम लामो समयको प्रयास पछि आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

नेपाली पुस्तक बजार मार्फत कर्ण शाक्यका विभिन्न पुस्तकहरु अध्ययन गर्न पाए पनि उहाँसंग प्रत्यक्ष रुपमा नै वहाँ बाट नयाँ सोच र सकारात्मक विचार ग्रहण गरि प्रगती पथमा लाग्न उत्प्रेरित होउन भन्ने उद्देश्यका साथ भक्तपुर साँगीतिक समाजले यस कार्यक्रमको आयोजना गर्न लागेको समाजका सचीव तथा कार्यक्रम संयोजक अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम भक्तपुर ईताछे स्थित नःपुखु बैंक्वेटमा यहि फागुन ११ गते आइतबार विहान ११ः३० बजे देखि लगभग दुई घण्टा समयका लागि हुने आयोजकको तर्फ बाट जानकारी प्राप्त भएको छ ।

Loading...
SHARE
Previous articleभक्तपुरमा कोरोनाका कारण मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन
Next articleमुटु चोरेको भन्दै युवतीविरुद्ध प्रहरीमा उजुरी