कोरोनाको प्रभाव : फिफा विश्वकप छनोट २०२२ स्थगित

0
12

फिफा विश्वकप छनोट २०२२ स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघको संयुक्त बैठकले फिफा छनोटसँगै एएफसी एसियन कप छनोट २०२३ का खेल पनि स्थगित गर्ने निर्णय लिएको हो ।

कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलन थालेपछि खेलद कार्यक्रमहरू पनि स्थगित गरिएको छ ।

फिफा विश्वकप छनोटअन्तर्गत १३ चैतमा नेपालले चाइनिज ताइपेसँग र १८ चैतमा अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने कार्यक्रम तय गरेको थियो ।

विश्वकप छनोटका ५ खेलमा समूह बीमा रहेको नेपालले एक मात्र खेल जितेर ३ अंक जोडेको छ । यसैबीच उपमेयर कप महिला लिग फुटबलसमेत सर्ने भएको छ ।

यसअघि नै नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो ।

Loading...
SHARE
Previous articleकोटेश्वर प्रहरीको सकृयतामा नगद र लालपुर्जा सहितको ब्याग फेला
Next articleट्राफिक प्रहरी प्रभाग गठ्ठाघरकाे चरम लापरवाही