गोकुल बास्कोटाको घरमा बम पडकाउने देव गुरुङ पक्राउ

0
319

भक्तपुर । पूर्व सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गर्ने एक जना पक्राउ परेका छन् ।
भक्तपुर प्रहरीका अनुसार उनीलाई बास्कोटाको घरमा बम विस्फोटमा संलग्न रहेका देव गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला सेक्रेटरी रहेका उनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

उनलाई मनोहरा बस्तीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरनजिकै आज विहान पौने ८ बजे बम विष्फोट भएको थियो । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बास्कोटाको निर्माणाधीन घरलाई लक्षित गरी बिस्फोट गराइएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

पूर्वंसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

 

भ्रष्ट पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट नेकपाले पर्चा जारी गर्दै भन्यो– भ्रष्टाचारीमाथि कारबाही

Loading...