विश्वविद्यालयका परीक्षा पनि स्थगित

0
6

काठमाडौं । सरकारले विश्वविद्यालयका पनि परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । भोलिदेखि हुन गइरहेको एसईई परीक्षा रोक्ने निर्णय लिएको सरकारले चैतमा हुन गइरहेको विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।

कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

Loading...
SHARE
Previous articleएलिशाले भनिन राती राती सपनीमा मेरो कोहि आउछ ( भिडियो )
Next articleअकस्मात् किन रोकियो एसईई ?