काभ्रे गोजिरियो संघमा कमल लामा

0
17

भक्तपुर । काभ्रे गोजिरियो कराते संघ गठन भएको छ । कमल लामा वाइवाको अध्यक्षतामा काभ्रे गोजिरियो कराते संघ गठन भएको हो ।
संघको अध्यक्षतामा कमल लामा वाइवा रहनु भएको छ भने उपाध्यक्षमा जलप सिंह लामा कोषाध्यक्षमा रत्न कुमार दोङ, सचिव फुर्साङ वाइवा सहसचिवमा अनिता सापकोटा सदस्यहरुमा प्रविन लामा, सजिना लामा, जीवन लामा तामाङ, खड्का तामाङ रहनुभएको छ ।
यस्तै समितिको संरक्षकमा नेपाल गोजिरियो कराते संघका कोषाध्यष सानुकाजी नगरकोटी रहनुभएको छ । भने नेपाल गोजुरियो कराते केन्द्रिय प्रमुख प्रशिक्षक पिआर मित्र, रेतुकाई अध्यक्ष रेशम लामा र कर्मा लोप्साङ लामा सल्लाहकार रहनुभएको छ ।
समिति गठन कार्यक्रममा प्रमुख अतिथि रेम्बोकाई कराते संघका केन्द्रिय अध्यक्ष रेशम लामा को उपस्थिितिमा भएको थियो । भने कार्यक्रमको सभापतित्व कमल लामाले गर्नुभएको थियो ।

Loading...
SHARE
Previous articleभक्तपुरमा सवारी दुर्घटना तेमालका लामाको मृत्यु
Next articleश्यामसुन्दर भजनमाला विमोचित