श्यामसुन्दर भजनमाला विमोचित

0
12

बनेपा । नेपाल भाषा, नेपाली र हिन्दी भाषा भाषामा लेखिएको भजनहरुको संग्रह श्यामसुन्दर भजनमाला काभ्रेको बनेपामा एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ ।

भक्तपुरको नासमना मंगलाछे टोलस्थित श्री श्यामसुन्दर राश भजन मण्डलका अध्यक्ष स्व गोविन्दमान सिंह राजभण्डारीले नेपाल भाषा (नेवारी) मा लेखेका भजनहरुलाई तीन वटा भाषामा प्रकाशित गरेको हो ।

राजभण्डारीले नेपाल भाषामा लेखेको भजनलाई डा इन्दुल केसीले नेपाली र ज्योतिष पण्डित रमेश अधिकारीले हिन्दीमा अनुवाद गरी प्रकाशित गरिएको हो ।

यसका साथै संग्रहमा महेशचन्द्र शर्मा, पशुपतिमान पःमाँं र हरि मञ्जुश्रीले लेखेका भजनहरु पनि संकलित छन् । भजन संग्रह ६२ पृष्ठ लामो रहेको छ ।

भजन संग्रहको संकलन र सम्पादन डा इन्दुल केसीले गरेका छन् । पुस्तक शव्दयात्रा प्रकाशनको एक सय ३८ औं प्रकाशन हो । पुस्तकको मूल्य एक सय रुपैयाँं राखिएको छ ।

तीन वटा भाषामा प्रकाशित यो नेपालकै पहिलो भजन संग्रह रहेका बताइएको छ ।

Loading...
SHARE
Previous articleकाभ्रे गोजिरियो संघमा कमल लामा
Next articleकोरोना भाइरसबारे झुटो प्रचार भक्तपुरबाट पक्राउ अरुको खोजी हुँदै