केदारनाथकाे शिर डोलेश्वरमा विमला गंगा आरती बन्द

0
22

भक्तपुर ।  केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ हुँदै आएको विमला गंगा आरती बन्द हुने भएको छ ।

केदारनाथको शिर डोलेस्वर महादेव संरक्षण तथा विकास समितिको शनिबार बसेको बैठकले भोलि सोमबारदेखि अर्को निर्णय नभए सम्मका लागि बन्द गर्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा अर्को निर्णय नभए सम्मका लागि बन्द गर्न लागिएको समितिले जनाएको छ ।

Loading...
SHARE
Previous articleकोरोनाभाइरसः मृत्यु हुनेको संख्या १३ हजार ५० पुग्यो, कहाँ कतिको मृत्यु
Next articleप्रबिसा आईन् रमेशको बतास लिएर