न्यूयोर्क तहसनहस हुने प्रक्षेपण, १.५५ करोडलाई संक्रमणको खतरा

0
22

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले अमेरिकाको राजधानी न्यूयोर्क तहसनहस हुनसक्ने प्रक्षेपण बाहिर आएको छ ।

पछिल्लो समय न्यूयोर्कमा कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । यहाँ फैलिइरहेको तीव्र संक्रमणकै कारण पछिल्लो २४ घण्टामा विश्वभरका देशहरुमध्ये भाइरसका नयाँ संक्रमित थपिने कुरामा अमेरिका सबैभन्दा अगाडि देखिएको छ । यो अवधिमा अमेरिकामा मात्रै ९ हजार ३३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ३३ हजार ५४६ पुगेको छ ।

अमेरिकामा कोभिड १९ बाट मर्नेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ११७ जनाले ज्यान गुमाइसकेका छन् । योसहित अमेरिकामा यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१७ पुगिसकेको छ ।

अमेरिकामा संक्रमितहरुको कुल संख्यामध्ये आधाभन्दा बढी न्यूयोर्कमा रहेका सिएनएनले जनाएको छ ।

न्यूयोर्कको स्थानीय सरकारका अधिकारीहरुले कोभिड १९ महामारीको अवधिमा न्यूयोर्कका ४० देखि ८० प्रतिशत बासिन्दामा यो भाइरस फैलिनसक्ने प्रक्षेपण सार्वजनिक गरेका छन् ।

‘हामीले यो भाइरसको फैलावटलाई रोक्ने कोशिश जारी राखेका छौ, तर ती प्रयास निरर्थक हुँदै गएका छन् । यो निकै संक्रामक बनिरहेको छ ।’ स्थानीय सरकारका अधिकारी एन्डी क्यूमोले भनेका छन्-‘अधिकांश संक्रमित जेष्ठ नागरिक छन् । यस्तै दीर्घरोगीहरुमा पनि यो संक्रमण फैलिन थालेको छ ।’

पछिल्लो तथ्यांकअनुसार न्यूयोर्कको जनसंख्या १ करोड ९४ लाख ४० हजार ४६९ रहेको छ । प्रक्षेपणअनुसार नै भयो भने न्यूयोर्कमा मात्रै कम्तीमा ७७ लाखदेखि १ करोड ५५ लाख व्यक्ति कोभिड १९ बाट संक्रमित हुन सक्नेछन् ।

जर्ज वासिंग्टन युनिभरसिटीको इमेरजेन्सी मेडिसिनका असिस्टेन्ट प्राध्यापक डा. जेम्स फिलिप्सले पनि क्यूमोको भनाईमा सहमति जनाउँदै भाइरसको तीव्र फैलावट अत्यासलाग्दो बनिरहेको बताएका छन् ।

स्थानीय सरकारले न्यूयोर्कका लाखौ जनतालाई घरबाट बाहिर ननिस्किन भनेको छ । कम्तीमा अप्रील ६ सम्म घरमै बस्नुपर्ने कडा नियम यहाँ लागू भएको छ । अमेरिकाका अन्य धेरै राज्यमा समेत यस्ता अर्डरहरु जारी भएका छन् ।

हालसम्म २ लाख ५४ हजार बढी अमेरिकीहरुमा कोभिड १९ संक्रमणको जाँच गरिसकिएको तथ्यांक समेत बाहिर आएको छ ।

Loading...