विश्व परिघटनामा घटेका इतिहास र जीवनशैली बदल्ने यी प्रकोपहरु

0
148

कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ ।

नाटकीय तरिकाले विश्वका करोडौं व्यक्तिको जीवनलाई परिवर्तन गर्ने धेरै खालका धेरै महामारीहरु यो विश्वले भोग्यो । त्यो महामारीका कारण धेरै मानिसको ज्यान गएको मात्रै नभएर धेरैले एउटा सकारात्मक परिस्थितिको अनुभूति समेत गरेको देख्न सकिन्छ ।

विश्वमा आधा दर्जनजति यस्ता ठूला घटनाहरु घटे । जसले मानिसको सम्पूर्ण जीवनशैलीलाई नै नाटकीय रुपमा परिवर्तन गर्‍यो । त्यसलाई संक्षेपमा व्याख्या गरिएको छ ।

ब्ल्याक डेथ र पश्चिमी युरोपको शक्तिशाली उदय

सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै विश्वका एक तिहाई मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो ।

त्यतिबेला विश्वभरको कूल जनसंख्या थियो, करिब ४५ करोड । युरोपेली मुलुकसँगै भारत र चीन लगायतका मुलुकहरु समेत यसबाट प्रभावित हुँदै थिए । तर, पश्चिमी मुलुकहरुमा र त्यसमा पनि युरोपलाई यसले सबैभन्दा धेरै आक्रान्त बनायो ।

यो महामारीको क्रममा धेरै किसानहरुले ज्यान गुमाउन पुगे । जसका कारण पश्चिमी युरोपमा किसानहरुको अभाव हुन थाल्यो । यस अघिसम्म सामन्ती व्यवस्था रहेकोमा यो युद्धसँगै पश्चिमी युरोपमा सामन्तवादी व्यवस्था ढल्यो ।

किसानहरुले समेत आफ्नो श्रम अनुसारको मूल्य पाउन सफल भएका थिए । यसरी ब्ल्याक होलले धेरै मान्छेको मृत्यु भएको भएपनि केही सुखद् समाचार समेत ल्याएको थियो ।

समुद्री यात्राको सुरुवात

ब्ल्याक डेथको कारण युरोपको आर्थिक अवस्थालाई खस्कायो । यो बाध्यताले युरोपलाई यस्तो प्रविधिमा लगानी गर्न बाध्य पार्‍यो । भाडा जोगाउनकै लागि वा खर्च कम गर्नको लागि समुद्री यात्राको सुरुवात भयो । त्योभन्दा पहिले लामो समुद्री यात्रा र अन्वेषणलाई महँगो र खतरनाक मानिन्थ्यो ।

तर, प्लेग भन्ने ठाउँमा मात्रै यति ठूलो संख्यामा मानिस मरेपछि यो लामो समुद्री यात्रामा मानिसहरुको जोखिमलाई कम गरायो । युरोपका मानिसहरूले आफ्नो ठाउँमा महामारीको कारण यति धेरै मृत्यु देखेका र भोगिसकेका थिए । त्यसैले उनीहरुलाई समुद्री यात्राको क्रममा भय कम हुन थाल्यो । जसले विश्वभरी नै समुद्री यात्राको सुरुवात गर्‍यो ।

जलवायु परिवर्तन

युरोपियन देशहरूले १५ औं शताब्दीको अन्तसम्ममा अमेरिकी महादेशमा उपनिवेशवाद फैलाउँदै आफ्नो साम्राज्य स्थापना गरिसकेका थिए । युरोपेली सेनाले आफ्नो साम्राज्यको बिस्तारको क्रममा यति धेरै मानिसलाई मारे कि त्यसले विश्वभरको जलवायुलाई परिवर्तन गराउँदै लग्यो ।

ब्रिटेनको लण्डन युनिभर्सिटी कलेजका वैज्ञानिकहरूले गरेको अध्ययनले देखाए अनुसार युरोपको बिस्तारपछि अमेरिकाको जनसंख्या करिब ६ करोड मात्रै थियो । जुन त्यतिबेला विश्वको कुल जनसंख्याको दश प्रतिशत मात्रै थियो ।

यो घटनाले एक शताब्दीमा नै ६ करोड जनसंख्या घटाएर ६० लाखमा सीमित गराएको थियो । युरोपेली उपनिवेश अमेरिकामा स्थापना भएपछि यी क्षेत्रहरूमा हुने अधिकांश मृत्युको लागि ती रोगहरू जिम्मेवार थिए । जुन यी उपनिवेशहरूले उनीहरूलाई अमेरिकामा लगेका थिए । ती मध्ये सबभन्दा ठूलो रोग बिफर थियो ।

दुनियाँको तापक्रममा कमी

जनसंख्या कम भएको कारण खेतीपाती घटेको थियो । एउटा ठूलो क्षेत्र आफैं प्राकृतिक रूपले ठूला जंगलहरुमा परिणत भएका थिए । एक अनुमानका अनुसार यस कारणले गर्दा अमेरिकी महादेशमा करिब ५ लाख ६० हजार वर्ग किलोमिटर क्षेत्र वन जंगलको रुपमा रूपान्तरण भएको थियो ।

यो क्षेत्र केन्या वा फ्रान्सको क्षेत्रफल बराबर हो । यत्रो ठूलो जंगलका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर तल आयो । यही कारणले विश्वको धेरै भागको तापमानमा गिरावट आएको थियो । वैज्ञानिकहरूको मान्यता छ कि संयुक्त राज्य अमेरिकामा हरियाली बढेको, ठूलो मात्रामा ज्वालामुखी विस्फोट र अन्य विविध कारणले विश्वको तापक्रम पनि घटेको हो । जतिबेला एक तिहाई विश्वको जनसंख्या सखाप पार्ने महामारी सुरु भएको थियो ।

त्यसको केही वर्षमा नै काठमाडौं उपत्यकामा भारतका सम्राट समसुद्दीनले आक्रमण गरेका थिए । यस बेला एक सप्ताहसम्म समसुद्दीनका सैनिकले उपत्यकामा ठूलो लूटपाट र विध्वंस गरेका थिए ।

फ्रान्सको औपनिवेशिक विस्तार

पतिनीहरूले आफूलाई पीत ज्वरोको प्रकोपबाट बचाउन सकेनन् । एउटा अनुमानका अनुसार फ्रान्सका करिब पचास हजार सैनिक अधिकारी र चिकित्सकहरू त्यतिबेला यस ज्वरोको शिकार भएका थिए । जसले उनीहरुको ज्यान नै गयो ।

हाइटीमा पक्राउ परेका तीन हजार फ्रान्सेली सेनाहरू मात्र फ्रान्समा फर्किन सफल भएका थिए । युरोपका सिपाहीहरूसँग यो ज्वरोलाई प्रतिरोध गर्ने क्षमता थिएन । जुन अफ्रिकी वंशको थियो। यस पराजयले नेपोलियनलाई हाइटीको उपनिवेश छोड्न बाध्य तुल्यायो। बरु, नेपोलियनले उत्तरी अमेरिकामा फ्रान्सको औपनिवेशिक विस्तारको सपना पनि त्यागे।

अफ्रिकामा जनावरको महामारी

अफ्रिकामा जनावरहरूको महामारीले युरोपेली देशहरूलाई आफ्नो साम्राज्य विस्तार गर्न मद्दत गर्‍यो । यद्यपि यो कुनै प्रकोप थिएन, जहाँ प्रत्यक्ष मानिसहरुको मृत्युभयो । यद्यपि, महामारीले जनावरहरूलाई ठूलो मात्रामा आफ्नो शिकार बनाएको थियो ।

सन् १९८८ र १९९७ को बीचमा रेन्डरपेस्ट नामको भाइरसले अफ्रिकामा पाल्तु जनावरहरूमध्ये झण्डै ९० प्रतिशतको ज्यान लिएको थियो । ठूलो संख्यामा जनावरहरुको मृत्युले अफ्रिका, पश्चिमी अफ्रिका र दक्षिण–पश्चिमी अफ्रिकाको हर्नमा बस्ने थुप्रै समुदाय समेत प्रभावित भएका थिए ।

युरोपेली तागतको नियन्त्रण

यद्यपि, युरोपियन देशहरूले रेन्डरपेस्ट भाइरसको प्रकोप हुनुभन्दा धेरै वर्षअघि अफ्रिकामा आफ्नो साम्राज्य स्थापना गर्ने योजना बनाएका थिए । सन् १८८४ देखि १८८५ सम्म यूरोपियन देशहरूको सम्मेलन जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भयो ।

जसमा युरोप, बेलायत, फ्रान्स, जर्मनी, पोर्तुगल, बेल्जियम, पोर्तुगाल र इटाली सहित १४ देशले भाग लिएका थिए । यी देशहरूले अफ्रिकामा आफ्नै उपनिवेश स्थापना गर्न मोलतोल गरे । त्यस पछिमात्र यो निर्णय भयो कि अफ्रिकाको कुन भागमा कुन देशले आफ्नो साम्राज्य स्थापना गरे।

सन् १९७० को दशकमा, अफ्रिकाको १० प्रतिशत मात्र मुलुक यूरोपियन शक्तिको अधीनमा थियो । तर, सन् १९८० सम्ममा औपनिवेशिक शक्तिहरूले अफ्रिकाको ९० प्रतिशतसम्म हिस्सा नियन्त्रण गरिसकेका थिए । युरोपियन देशहरूले पनि रेन्डरपेस्ट भाइरसको प्रकोपले अफ्रिकाको जग्गा कब्जा गर्न धेरै मद्दत गरेको थियो । यस्तै, कैयौं किसिमका रोगहरु छन् । जसले विश्वभरीमा ठूला ठूला परिवर्तनहरु भएको देखिन्छ ।

बिबिसी हिन्दीबाट

Loading...