कोरोना सँगै, चीनमा अब हान्टाभाइरसको डर

0
317

एजेन्सी– विश्वमा कोरोना भाइरसको कहर नसकिँदै चीनमा अर्को भाइरसका कारण सन्त्रास छाउन थालेको छ । चीनमा सोमबार हान्टाभाइरसका कारण एकजनाको मृत्यु भएपछि यो डर उत्पन्न हुन थालेको हो ।

चिनियाँ सन्चारमाध्यम ग्लोबल टाइम्सले एउटा ट्विटमा हान्टाभाइरसका कारण एकजनाको मृत्यु भएको समाचार लेखेपछि अहिले विश्वभर यस विषयमा चर्चा हुन थालेको छ ।

हुन पनि नेपाली समयअनुसार सोमबार मध्यरातिदेखि सामाजिक सन्जाल ट्विटरमा हान्टाभाइरस ट्रेन्डिङमा थियो । अधिकांशले ग्लोबाल टाइम्सकै यही ट्विटलाई आधार बनाएर यसबारे आफ्ना धारणा दिइरहेका छन् ।

तर, हान्टाभाइरस नयाँ भाइरस चाहिँ होइन । यो धेरै पहिले देखिएको भाइरस हो । मुसा प्रजातिको जनावरबाट सर्ने हान्टाभाइरसका कारण चीनको युनान प्रान्तमा एकजनाको मृत्यु भएको समाचार ग्लोबल टाइम्सले लेखेको छ । उनी शाडोङ प्रान्त घरमा जाँदै थिए । गाडीमा उनको अचानक मृत्यु भएको थियो ।

ग्लोबल टाइम्सका अनुुसार बसमा रहेका अन्य ३२ जनाको पनि टेस्ट गरिएको छ ।

यो समाचार आएपछि सामाजिक सन्जालमा हान्टाभाइरस ट्रेन्ड बनेको छ । हान्टाभाइरस कोरोना भन्दापनि डरलाग्दो हुनसक्ने लेख्दै विभिन्न समाचार सेयर पनि गरिएका छन् । तर, यो हावाबाट सर्ने भाइरस होइन । यो एक मानिसबाट अर्को मानिसमा पनि सर्दैन ।

Loading...
SHARE
Previous articleविश्वमा कोरोनाका कारण मर्नेको संख्या १६ हजार ५ सय नाध्यो
Next articleकारागरमा रेडक्रसको सहयोग