पाँच दिनपछि फेरि चीनको वुहानमा कोरोना संक्रमित

0
85

चीन:- पहिलो पटक कोरोना भाइरस पुष्टि भएको चीनको वुहानमा पूर्ण नियन्त्रण देखिएको पाँच दिनपनि पुनः कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

कोभिड–१९ रोग लगाउने कोरोना भाइरस सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको थियो । चीनको वुहानमा पछिल्लो पाँच दिनदेखि एक जना पनि कोरोना संक्रमित व्यक्ति भेटिएका थिएनन् ।

अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट संक्रमित भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । पछिल्लो २४ घन्टामा ७८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । संक्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ।

चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमण घट्ने क्रम जारी रहेको छ । एक महिनाअघि दक्षिण कोरियामा उच्च संक्रमणदर थियो । दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Loading...
SHARE
Previous articleकोरोना महामारी : घरमा बसेर भाँडा माझ्न सिकाउँदै क्याटरिना कैफ [भिडियो]
Next articleसंकटको फाइदा उठाउँदै धर्मको नाममा भ्रम फैलाउने पक्राउ