खरिपाटी क्वारेन्टाइनमा पुगे ७३

0
82

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइन स्थलमा बस्नेहरुको संख्या ७३ पुगेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रधानले ६७ जनाबाट सुरु गरिएको क्वारेन्टाइन स्थलमा अहिले ७३ जना पुगेको छ ।
विभिन्न देशबाट हवाई मार्गबाट नेपाल आइपुगेकालाई यहाँ राखिएको हो । विदेशबाट आएकाहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेको छ । सोहीअनुसार उनीहरु आफ्नै खर्चमा खरिपाटी क्वारेन्टाइनमा बसेका छन् ।
प्रहरी उपरीक्षक प्रधानका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको पहिलो २४ घन्टाको घाटी तथा नाकको श्राब ९स्वायब० भने लिइएको छैन । अब एकैपटक १४ दिनपछि मात्रै उक्त स्वायबको जाँच गरिने उनले जानकारी दिए ।
केही समयअघि कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरबाट उद्धार गरेर ल्याइएका एकसय ७५ जनालाई विद्युत तालिम केन्द्रका क्वारेन्टाइन निर्माण गरी त्यहाँ राखिएको थियो । त्यसबेला क्वारेन्टाइनमा बसेकाहरु सबै सुरक्षित घर फर्केपछि सरकारले यसलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

Loading...