लक डाउन पालना गरौं, भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा दुईको उपचार

0
838

भक्तपुर । कोरोना भाइरसको संक्रमणको आशंकामा भक्तपुरका दुईजनालाई आइसोलेसन वार्डमा राखिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले कोरोना भाइरसको संक्रमणजस्तो लक्षण देखिएपछि उनीहरुलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
उनीहरुको नाक तथा घाटीको श्राव (स्वायब) परीक्षणको लागि टेकु पठाइएको उनले बताए ।
अर्को एकजनालाई भने उपचार गरेर घर पठाइएको उनको भनाइ थियो ।
‘दुईजनालाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा सिफ्ट गरिएको छ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘एकजनालाई भने उपचारपछि घर पठाइएको छ ।’
आइसोलेसन वार्डमा राखिएका दुई जना सरकारले नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउनुअघि विदेशबाट घर फर्केका हुन् ।
कोरोना भाइरसको संक्रमणको सम्भावनालाई लक्षित गरी भक्तपुरका नौ वटा अस्पतालमा ३१ शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ । आवश्यकताअनुसार आइसोलेसन शय्याको संख्या बढाउन सकिने गरी तयारी अवस्थामा रहेको ती अस्पतालहरुले जनाएका छन् ।
हाल भक्तपुर अस्पतालमा दुई, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ६, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मध्यपुर, डा. इवामुरा मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल र काठमाडौं नेपाल मेडिकल कलेज अस्पतालमा चारचार, नागरिक र सिद्धि स्मृति अस्पतालमा दुईदुई शय्याका आइसोलेसन वार्ड तयार गरिएको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकअनुसार आइसोलेसन शय्या बढाउन सकिने गरी सबै अस्पताल तयारी अवस्थामा रहेको बताइन् ।
भक्तपुर अस्पतालले १९ शय्याको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्न सकिने गरी तयारी अवस्थामा राखेको उनको भनाइ थियो ।
‘मेडिकल वार्डलाई नै आइसोलेसन वार्ड बनाउने गरी काम भइरहेको छ’, मेसु डा. गौतमले भनिन्, ‘त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने भएका छौं ।’
उनका अनुसार अस्पतालमा संक्रमितहरु आइहालेको अवस्थामा उनीहरुको उचित उपचारको लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्थासमेत गरिएको छ ।
डा. इवामुरा मेमोरियल अस्पतालले पनि आवश्यक परे आइसोलेसन वार्डलाई २५ शय्यासम्म पु¥याउन सकिने जनाएको छ । त्यस्तै मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले पनि आइसोलेसन वार्डलाई २५ शय्यासम्म पु¥याउन सकिने बताएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि आइसोलेसन वार्डको शय्या बढाउन सकिने गरी तयारी अघि बढाएको जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले चार शय्यालाई बढाएर २० शय्या पु¥याउन सकिने जानकारी दिए ।
‘आवश्यक भए मेडिकल र सर्जिकल वार्डलाई खाली गरेर आइसोलेसन वार्डमा परिणत गर्न सकिने तयारी गरेका छौं’, उनले भने ।इन्डेफ्टबाट

Loading...
SHARE
Previous articleकोरोना : अमेरिका र चीनबीच पर्दापछाडि चलेको लडाईं
Next articleखरिपाटी क्वारेन्टाइनमा पुगे ७३