कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, इटालीमा एकै दिन ६८३ जनाको मृत्यु

0
36

भक्तपुर ।

महामारीको रुप लिएकाे कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार २ सय पुगेको छ । कोराना संक्रमणबाट इटलीमा ज्यान गुमाउनेको संख्या कम हुन सकेको छैन । त्यहाँ कोरोनाबाट एकै दिन ६ सय ८३ विरामीको मृत्यु भएको छ ।

इटलीमा ५७ हजार ५ सय २१ जना यो भाइरसबाट संक्रमित छन् । त्यहाँ ९ हजार ३ सय ६२ जनाको कोराना संक्रमितको उचार भइरहेको छ ।

इटालीपछि एक दिनमा धेरै मृत्यु हुनेको सूचीमा स्पेन दोस्रो स्थानमा छ । त्यहाँ एकै दिनमा कोरोना संक्रमणबाट ६५६ जनाको ज्यान गएको छ । स्पेनमा कोरानाबाट संक्रमित हुनेको संख्या ४० हजार ५ सय नाघेको छ ।

त्यस्तै फ्रान्समा एकैदिन २ सय ३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोराना उत्पती भएको चीनमा भने एक दिनमा ६ जनाको मात्र मृत्यु भएको छ ।

गत डिसेम्बरमा वुहानबाट फैलिएको कोरोना १ सय ९८ देशमा फैलिसकेको छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण भेटिएको छ ।

Loading...
SHARE
Previous articleएक परिवारलाई मासिक १ सिलिण्डर
Next articleभारतबाट फर्किएका नेपालीको क्वारेन्टाइनमा मृत्यु