‘लकडाउन २१ दिनसम्म लम्बिन सक्छ’ पीपीईसहित अत्यावश्यक मेडिकल सामाग्री ल्याउन विमान स्टाण्डबाई

0
50

काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।

मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् । क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्डसहित व्यवस्थित गरिने उनले बताए ।
मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई-दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई-दुई हजार राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ ।

उपमहानगरपालिकाले एक-एक हजार र ७७ जिल्लामा कम्तिमा एक-एक हजारका क्वारेन्टाइन बन्दैछन् । सरकारले जनतालाई घरभित्रै रहन भनेको स्मरण गर्दै मन्त्री भट्टराईले अत्यावश्यक अवस्थाका लागि क्वारेन्टाइन तयारी हालतमा राखिने बताएका छन् ।

अनलाइखबरसँगको भिडियो अन्तर्वार्ताका क्रममा मन्त्री भट्टराईले तत्काल टेकुमा बाहेक अन्यत्र प्रमाणिक ल्याब नभएकाले बाहिरका जिल्लामा गरिएका नमूना संकलनलाई काठमाडौं ल्याउन बिराटनगर, नेपालगञ्ज, पोखरा र भैरहवा विमानस्थलमा विमान पठाइने बताए ।

चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत उनले जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्नुपर्ने बताए ।अनलाइनखवर

मन्त्री भट्टराईसँगको भिडियो वार्ता हेर्नुस्

Loading...
SHARE
Previous articleभारतबाट फर्किएका नेपालीको क्वारेन्टाइनमा मृत्यु
Next articleसल्लाघारीमा मलेसियाबाट आएका एक जनामा उच्च ज्वारो स्थानीय त्रसित