सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

0
33

भक्तपुर । नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश शाहीको एकल इजलासले स्वदेश फर्कन चाहने नागरिकलाई समेत असर पर्ने गरी सीमा र उडान बन्द गर्नुको कारण पनि सरकारसँ माग गरेको छ ।

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा र उडान बन्द गरिएको भन्दै अधिवक्ता माधव बस्नेत र मीना खड्काले चैत १० गते रिट दायर गरेका थिए ।

गाेरखापत्रबाट

Loading...
SHARE
Previous articleखरिपाटी क्वारेन्टाइनमा पुगे ७३
Next articleइन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय