सूर्यविनायक नगरपालिकाद्वारा दैनिक ज्यालादारी मजदुरी गर्नेको घरदैलोमै खाद्यान्न पु¥याउने

0
226

भक्तपुर । सूर्यविनायक नगरपालिकाले (कोरोना भाइरस कोभिड १९) को सङ्मण फैलन नदिन नेपाल सरकारले थप एक सातासम्म गरेको लकडाउनलाई प्रभावकारी बनाउन सूर्यविनायक नगरपालिकाभित्र आपूर्ति व्यवस्था सहज बनाउन १० वटै वडामा वडाध्यक्षको संयोजकत्वमा आपूर्ति अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमवार नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकमा सांसद तथा पूर्व मन्त्री महेश बस्नेत र बाग्मती प्रदेशसभाका सदस्य शशीजङ्ग थापाको उपस्थितिमा बैठकले उक्त निर्णय गरेको हो ।
आइतवार प्रधानमन्त्री एवं मन्त्री परिषद्को बैठकले ७५३ वटै स्थानीय तहलाई ज्याला मजदुरी गर्नेको लगत सङ्कलन गरी उहाँहरुलाई राहत प्रदान गर्न गरिएको निर्देशन अनुसार सूर्यविनायक नगरपालिकाले तत्काल उक्त निर्णय गरिएको नगर प्रमुख बासुदेव थापाले बताउनुभयो ।
लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्न र सबै नागारिकलाई घरमै सुरक्षित साथ बस्दा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारको दैनिक गुजारा चलाउन कठिनाइ भएकाले उक्त परिवारको यथाशिघ्र लगत सङ्कलन गरी उक्त परिवारलाई गुजारा गर्न व्यवस्था गर्ने निर्णय गरिएको छ ।
उक्त परिवारलाई १५ दिनका लागि खाद्य सामाग्री उपलब्ध गराउन नगरपालिका समक्ष स्पष्ट नाम, ठेगाना र सम्पर्क नम्बरसहित लेखी पठाउने र आपूर्ति समितिले उक्त परिवारको घरदैलोमै खाद्य सामाग्री पु¥याउने निर्णय भएको सूर्यविनायक नपरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाध्यक्षको संयोजकत्वमा बनेको आपूर्ति समितिले वडा स्तरमा प्रत्येक घर परिवारको लगात सङ्कलन गरी आगामी दिनमा उपभोगका लागि आवश्यक पर्ने खाद्य सामाग्रीको विश्लेषण गर्दै वडाभित्र खाद्य सामाग्री पसलको अनुगमन गरी आपूर्ति व्यवस्था सहज बनाउने निर्णय भएको हो ।
नगरपालिकाको अघिल्लो बैठकले नगरपालिका भित्र एक सय जना क्षमता भएको क्वारेन्टाइनको रुपमा नगरपालिका भित्रका होटललाई प्रयोग गरि व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ । दघिकोट स्थित नगर अस्पातालमा कोरोना भाइरसका रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामाग्री पिपिई सामाग्री तयारी अवस्थामा राखिएको छ ।
गत बिहिवार सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगरप्रमुख सहितको जिल्ला समन्व्य समिति बैठकले जिल्लाभित्रका इँटाभट्टामा काम गर्ने मजदुरलाई आआफ्नो घर पठाउने निर्णय भएको थियो ।
उक्त निर्णय पश्चात १२ हजार जना मजदुर मध्ये अहिले १० हजार मजदुर घर फिर्ता भइसकेका छन् । त्यस्तै सूर्यविनायक नगरपालिका र चाँगुरानायण नगरपालिकाले इँटाभट्टाको मजदुरलाई आआफ्ना घरमा फिर्ता पठाउने नीतिगत भएको थियो ।
त्यस्तै सहयोग गर्न चहाने व्यक्ति वा सामाजिक संघ संस्थाले आफू खुसी राहत वितरण गर्न नपाइने निर्णय गर्दै नगरपालिकाले तोकेको मापदण्ड बमोजिम एकद्वारा प्रणालीद्वारा मात्र वितरण गर्ने समिति निर्माण गरिएको छ । जोसुकै व्यक्तिले पनि खाद्य सामाग्र िवितरण गर्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको स्वीकृतिमा मात्र वितरण गर्न पाउने निर्णय भएको हो
उक्त समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको संयोजक र वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र मानवीय आस्था नेपालका उपाध्यक्ष उमेश बस्नेत सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिको पहिलो बैठकले सदस्य सचिवमा उमेश बस्नेतलाई तोक्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
यसैबीच सांसद बस्नेतको नेतृत्वमा सोमवार नै राधेराधे स्थित १७ तले खाली भवन नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्न भण्डार गर्न तयार गरिएको भवनको स्थलगत निरिक्षण समेत गर्नुभएको छ ।

Loading...