नेपालमा धर्म परिर्वतनको तितो यथार्थ

0
178

नेपालमा इसाईका ठेकेदारहरुले कसरि धर्म प्रचार गर्छन

ध्रुब राज लुइटेल
भक्तपुर ,

मैलें इसाई या मुसलमान धर्म परिवर्तन गरें नि ।’

मान्छेहरुले यो कुरा त्यती सजिलै भन्छ कि मानौ, ‘धर्म’ भनेको लुगा हो । ‘धर्म’ के हो ? यस सम्बन्धमा उनीहरुको बुझाई सही छैन । यदि धर्मलाई सही ढंगले बुझ्दो हो त ‘धर्म परिवर्तन’ हुने कुनै त्यस्तो बस्तु होइन ।

अहिले थुप्रै मान्छे यस्तै भ्रम पालेर बसिरहेका छन् । उनीहरुलाई ललाई-फकाई पैैंसा को बलमा फलानो धर्म लिनुपर्छ, फलानो धर्म त्याग्नुपर्छ भनिएको छ । धर्मप्रति उनको कमजोर बुझाईको फाइदा उठाउँदै ‘धर्मका ठेकेदार’हरुले यस्तो चालबाजी चालिरहेका छन् । अतः त्यो कुटिल चालबाजीमा सोझा, निमुखाहरु परिरहेका छन् । किन धर्मको नाममा यस्तो चालबाजी हुन्छ त ? यसको जवाफ खोतल्नुअघि धर्मबारे केही बुझ्न उपयुक्त हुन्छ ।

धर्म के हो ?
धर्म त्यही हो, जुन काम तपाईं साँचो, सत्य, सही गर्नुहुन्छ । तपाईंले गर्ने ति तमाम काम धर्म हो, जसमा श्रम, इमान्दारिता, सत्य मिसिएको छ । अर्थात सही ढंगले गरिने सही कर्म नै धर्म हो । यस्ता कर्मले तपाईंको जीवन सरल र सहज त हुनेछ नै, अरुको पनि हित हुनेछ ।
खासमा तपाईंले गर्ने त्यो कर्म असलमा धर्म हो, जसले अरुको दुःख, पीडा, समस्या, अभाव टारिदिन्छ । धर्मबारे धेरै शब्दजाल बुनिरहनु आवश्यक छैन । यसलाई एउटै शब्दमा बुझ्दा हुन्छ, धर्म भनेको उपकार हो । कल्याणकारी काम हो ।कुनै स्वार्थ नराखी कसैप्रति पूर्णत सेवाभावले गर्ने कर्म पनि धर्म हो । असाहयप्रति तपाईंले दर्शाउने स्नेह भाव र गर्ने सेवा पनि धर्म हो । कसैका लागि गरिने पूण्यको काम पनि धर्म हो । सत्य र साँचो कुरामा सधै अडिग रहनु पनि तपाईंको धर्म हो ।
किन हुन्छ इसाई ’को चलखेल ?
तपाईंलाई यदि कसैले इसाई क्रिस्चियन धर्म लिनुपर्छ भनेर ललाई-फकाई गर्छ भन्ने प्रष्ट हुनुहोस्, ति व्यक्ति ‘धर्म’का व्यापारी हुन् ।
अहिले समाजमा छ्यापछ्याप्ती यस्ता इसाई व्यापारीहर प्रवेश गरेका छन् । उनीहरुले सोझा, निमुखा व्यक्तिलाई आफ्नो फन्दामा पार्ने गरेका छन् । यसरी उनीहरुलाई आफ्नो जत्थामा समावेश गरेपछि उक्त व्यक्तिमाथि आफ्नो अघोषित शासन चल्छ भन्ने नियतबाटै यस्तो काम गरिरहेका छन् |
जब तपाईंले क्रिस्चियनहरुको सर्त बमोजिम ‘धर्म परिवर्तन’ गर्नुहुन्छ, तब अनेक किसिमको स्वार्थ तपाईंमाथि लादिनेछ । तपाईंमाथि भावनात्मक ब्ल्याकमेलिङ सुरु हुनेछ । तपाईंलाई उनीहरुले पूर्णत आफ्नो जत्थामा सामेल गरिसकेपछि उनीहरुले तपाईंबाट आर्थिक लगायतको लाभ लिनेछ । उनीहरुले आफ्नो प्रचार सामाग्रीदेखि अन्य थुप्रै बस्तु तपाईंलाई भिराउनेछ । यसरी तपाईं थाहै नपाई उनीहरुको एक इमान्दार र अन्धभक्त ग्राहक बन्नुहुनेछ ।
‘नेपालमा कसैले कसैलाई धर्म परिवर्तनका लागि जबरजस्ती गर्न नपाउने र धर्म परिवर्तनका निम्ति लोभ–लालच वा आश्वासन दिन नपाइने कानुनमा उल्लेख छ । क्रिस्चियन धर्मका प्रवर्तकहरूले बिबिन्न देश्बाट त्यस्ता शिक्षक शिक्षिका ल्याई स्थानीय जातिसँग मेल खाने गरी खटाएको पाइन्छ । विद्यालयका शिकले धर्मको कुरा गरेकै कारण बालबच्चाले घरमा आएर धर्मको कुरा गर्छन् । क्रिस्चियन धर्मको प्रभाव जमाउनका लागि शेर्पा गाउँमा शेर्पा जातिकै शिक्षिका, किरातीहरूको बाहुल्य रहेको बस्तीको विद्यालयमा किराती शिक्षिका नै खटाइने गरेको छ । सो धर्म अँगाली प्रभूको प्रार्थना गर्नाले रोगब्याधी केही नलाग्ने झुठा प्रचारबाजीसमेत गर्ने गरेका छन् । त्यस्ता प्रचारबाजीले सोझासिधा जनताले क्रिस्चियन धर्म अँगाल्न थालेको बताइन्छ’ यस्ता क्रियाकलापले नेपालको पहिचान, धर्म, संस्कृतिमाथि धर्मका नाममा षड्यन्त्रपूर्वक आक्रमण गरिरहेका छन् । धर्म परिवर्तनका लागि विदेशीहरूबाट कहाँ कसरी नेपालभित्र आर्थिक स्रोत भित्रिइरहेको छ भन्ने कुरा विभिन्न पत्रपत्रिकाले प्रकाशित गरिसकेका छन् । यसरी आक्रामक रूपमा क्रिस्चियन धर्मका प्रचारकहरूले यो पूण्यभूमिमा सांघातिक आक्रमण जारी राखेका छन् । हामी हिन्दू किरात तथा बुद्धमार्गीहरूले त्यस्ता खतरनाक क्रियाकलापहरूको भण्डाफोर गर्न अग्रसर हुनुपर्छ । नेपाल हिन्दू किरात तथा बौद्धको आधिकारिक थलो हो । हाम्रो मातृधर्म र अस्मिताको संरक्षण गर्नु हामी सबै नेपालीको कर्तव्य हो । तर, २०६३ सालमा नेपालमा धर्म निरपेक्षको नाममा अर्बौं रकम खर्च गर्दै अमेरिका र युरोपियन राष्ट्रबाट धर्म परिवर्तन गराउन यस्ता दुष्कर्म भइरहेका छन् ।
अंग्रेजी साम्राज्यको बेलामा भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारतको अस्मिता लुट्ने काम गरियो । सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैदुवारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँका सम्बहतरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
नेपालमा सं. १६८५ मा जेब्राल नामका पादरी आएका थिए । त्यसपछि राजा प्रताप मल्लका पालामा सं. १७१८ मा रोमन क्याथोलिक मतका पादरी ग्रोबर र डोरविल नामक पादरी आए । यिनीहरू सोझै समुद्री मार्गबाट चीन गएका थिए इसाई धर्म प्रचार गर्ने उद्देश्यले । चीनभोटमा अंग्रेजलाई मन पराउँदैनथे । समुद्री राक्षस, राताटाउके भनेर सम्बोधन गर्थे । नेपालीहरू पनि फिरंगी कुइरे भन्दथे । चीनभोटमा धर्म प्रचार गर्न नपाएपछि ती पादरी नेपाल झरेका थिए । राजा प्रताप मल्लले यिनबाट एउटा दूरविन पाए र रोमन अक्षर पनि सिके । प्रताप मल्लले आफ्नो हनुमानढोका दरबारको शिलालेखमा चौध लिपि (मनुलिपि)का अक्षर लेखाएका छन् र आफूलाई धेरै लिपि एवं धेरै भाषाका जानकार सिद्ध गर्दै कविराज कवीन्द्र मानेका छन् ।

त्यसपछि केपुचिन पादरीको दलले कान्तिपुर र ललितपुरमा आफ्नो अड्डा जमाइसकेका थिए । यहीँबाट तिब्बत-ल्हासासम्म आफ्नो इसाई मत प्रचार गर्थे । पादरी होरेस् जुवाचिम आफ्ना आफ्ना चेलासाथ आएर आफ्नो मत प्रचार गर्दै नेपाल भारत आवतजावत गर्थे । भक्तपुरका अन्तिम राजा रणजित मल्लले बोलाएकाले जुवाचिम पुनः पटनाबाट आफ्ना चेलासाथ भक्तपुर आएर बसेका थिए । यी विदेशी साधुलाई औषधोपचार गर्ने भनेर रणजित मल्लले यिनलाई अनेक सुविधा दिएर राखेका थिए ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल । स्मरण रहोस्– विसं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमणको बेला भारतमा इसाईहरूले हिन्दूहरूलाई मार्ने, काट्ने र अनेकौँ अत्याचार गरेको देखेर हिमवत्खण्डका विभाजित अनेकौँ साना किरात र हिन्दू राज्यहरूलाई एकसूत्रमा आबद्ध गर्ने प्रेरणा मिलेको थियो ।
सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । गोवामा कुनै पनि गैरक्याथोलिक अर्थात् हिन्दूलाई आफ्नो सम्पत्तिमाथि अधिकार थिएन । कुनै हिन्दूले घरमा शालिग्राम र तुलसी राखेमा मृत्युदण्ड दिइन्थ्यो । आफ्ना परम्पराअनुसार कुनै कर्म गरिँदा उनीहरू मारिन्थे । हिन्दू रीतिरिवाज मान्दा मृत्यदण्डको सिकार बन्नुपथ्र्यो । यसरी आफ्नो धर्म लाद्न भारत वर्षमा हजारौँ हिन्दू पुरुष र महिलाहरूलाई क्रसमा बाँधेर जलाइयो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूहरूलाई मृत्युदण्ड दिँदा दुवै हात पछाडि बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । यस्तो बीभत्स घटनाको अध्ययन गर्दा जतिखेर म गोवामा भावुक बनेको थिएँ ।
२०६० अगी नेपालमा त्यस्तै गर्न खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको थियो । अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीमा राखेको थियो भने उता उसैको गुप्तचर संस्था सिआइए माओवादीको पूरा समर्थनमा थियो भन्ने बुझिन्छ । यता माओवादीका नेता प्रचण्ड प्रोटेस्टेन र बाबुराम भट्टराई क्याथोलिक इसाई धर्मका अनुयायी हुन् भनिन्छ । अमेरिकी संसद्ले पादरीहरूलाई विश्वमा कही पनि धर्मान्तरण गर्ने ठेक्का अमेरिकी कानुनले दिएको छ । संविधानमा उल्लेख नभए तापनि न्यायाधीशहरूले अमेरिकालाई इसाई देश मानेका छन् । अमेरिकी राष्ट्रपतिले संविधानको शपथ नलिएर बाइबल समातेर शपथ लिन्छन् । अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेस्टेन क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ ।
नेपालमा नेतृत्व तहमा रहेका बाहुन नेताहरूलाई मात्र विश्वासमा लिएर क्रिस्चियनीकरण गर्न खोजिँदै छ । त्यसैले ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् र गाउँ–गाउँमा धर्म परिवर्तन गराउन सजिलो हुन्छ भन्ने उनीहरूको अध्ययन छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ । दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेलाले भनेका छन्– ‘अफ्रिकामा पहिला इसाईसँग बाइबल थियो, हामीसँग जमिन थियो अहिले हामीसँग बाइबल छ र उनीहरूसँग हाम्रो जमिन छ ।’ भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न भन्ने चौतर्फी आवाज उठाउनुपर्छ । त्यसको साथै हिन्दू किरात तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको नौटंकी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा बाध्यतावश गरिबीको कारण वा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका नेपालि हरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।

Loading...
SHARE
Previous articleनिःशुल्कको नाटक
Next articleपत्रकार बिकास प्रहरको गजल” हाँसी हाँसी ” बजारमा