राज सागर र जीना रसाइलीले दिए गीतबाटै स्वास्थ्य सञ्चारकर्मीलाई सलाम

0
362

काठमाडौं । गायक राज सागर र गायिका जीना रसाइलीले कोरोना संक्रमण र लकडाउनमा मैदानमा खट्ने विभिन्न पेसाकर्मीलाई गीतबाटै सलाम गरेका छन् । यी गायक गायिकाले नयाँ गीत सलाम छ ‘हाम्रो स्वास्थ्यकर्मीलाई…’ बोल गीतको भिडियो बुधबार रिलिज गरेका हुन् ।

यो गीतलाई प्राज्ञ ज्योति प्रकाशले लेखेका हुन् । गीतको संगीत पनि ज्योति प्रकाशकै हो । यो संकटको घडीमा फिल्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई गीतबाट उनीहरूको योगदानको चर्चा गरिएको छ । उनीहरूलाई सलाम भनिएको छ ।

‘सञ्चारकर्मीलगायतको अहिले राज्य पक्षबाट बिमा नहुँदा पनि स्वयं चुनौती मोलेर मैदानमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि दिनरात खटेकाले उनीहरूलाई प्रोत्साहन गर्नका लागि यो गीत तयार गरिएको हो,’ संगीतकार ज्योति प्रकाशले भने ।

राहुल विश्वकर्माले संगीत संयोजन गरेको यो गीतलाई दीप घतानीले भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् । सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूले आआफ्नो फिल्डमा उत्रिएर गरेको कार्यलाई भिडियोमा समेटिएको छ । यो भिडियोलाई गौरव योञ्जन (दीलिप)ले तयार गरेका हुन् । संगीतकार ज्योति प्रकाशले आफ्नो युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरेका छन् ।

Loading...
SHARE
Previous articleयी ११ लक्षण देखाए बुझ्नुहोस् उनी तपाईप्रति आकर्षित छिन्
Next articleताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट