मौसम कहाँ कस्तो ? यस्तो छ तीन दिनको मौसम

0
10

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।

हाल पश्चिमी भूभागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केही स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा सामान्य  बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली  रहने छ । पश्चिमी भूभागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जन,  चट्याङ्ग, असिना र हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानहरु लगायत मध्य र  पूर्वका  १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि मौसम सहज छैन । बिहान सामान्य बदली रहेको थियो । बादल लागेको थियो । तर तापक्रम भने शनिबारदेखि बढेको छ ।

महाखाशाले आगामी २४ घण्टाका लागि पश्चिमका भूभागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो छ सोमबार र मंगलबारको मौसम पूर्वानुमान

 बैशाख २९ गते (सोमबार)
दिउँसो  देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ । देशको पहाडी भूभागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (मंगलबार)
दिउँसो  देशको अधिकांश भूभागमा सामान्य  बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पूर्वी भुूभाग लगायत मध्य पहाडी भूभागमा सामान्य  बदली र बांकी भूभागमा आंशिक बदली रहने छ । पूर्वी भूभागका केही स्थानहरु, मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका १–२ स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Loading...
SHARE
Previous articleकोरोना महामारी सँगै डेङ्गु म्याग्दीमा थप दुई बिरामी, सङ्क्रमित नौ
Next articleकमलविनायक नगरकोट सडक कालोपत्रे सुरु