पाथीभरा मन्दिर परिसमा लगाइएको वामन पुराणको समिक्षा सम्पन्न

0
95

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाथीभरा वैर्णोदेवी मन्दिर परिसरमा गत चैत ४ देखि ८ गतेसम्म माता पाथीभरा वैर्णोदेवी मन्दिरको प्राण प्रतिष्ठा र द्वारकापुरी दिव्यधाम स्थापना गर्दै लगाइएको वामन पुराणबाट ८ लाख ५७ हजार १०९ रुपियाँ आम्दानी भएको छ । विभिन्न भक्तजन र दाताहरुले चन्दा सहयोग स्वरुप सो रकम आम्दानी भएको हो ।
उक्त आम्दानीमध्ये वामन पुराण लगाउने क्रममा छ लाख ८२ हजार ९८७ रुपियाँ खर्च भएको बाँकी एक लाख ७४ हजार १२२ रुपियाँ कोषमा बचत भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष शरद बस्नेतले जानकारी दिनुभयो ।
शनिवार मन्दिर व्यवस्थापन समितिको बैठक बसी वामन पुराणको समिक्षा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । उक्त बैठकको अध्यक्षता समितिका अध्यक्ष अर्जुन बस्नेत र मन्दिरको प्रमुख संरक्षण १०८ भागवत वाचक अरबिन्द्र शास्त्री प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मन्दिर परिसरमा द्वारकाधिश भगवानको स्थापना भएसँगै मन्दिरको थप आकर्षण बढेको छ ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन गरेको बन्दाबन्दीको समयमा पनि सामाजिक दुरी कायम गरी पाथीभरा र द्वारकाधिश मन्दिरको दर्शन गर्न भक्तजन आउने क्रम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पाथीभरा मन्दिर र द्वारकाधिश भगावानको स्थापना भएसँगै भक्तपुरमा थप धार्मिक पर्यटकीय क्षेत्रको आकर्षणको केन्द्र बनेको छ ।

Loading...
SHARE
Previous articleथप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४
Next articleभक्तपुरको जगाती नाकामा डिस्इन्फेक्सन टनेल