काेराेना संक्रमितको संख्या ३ सय ८८

0
50

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । मंगलबार झापाका ९ र सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ८८ पुगेको हो । साेमबार साँझसम्म संक्रमितकाे संख्या ३ सय ७५ थियाे ।

झापाका संक्रमितको स्वाब परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा गरिएको थियो भने सुनसरीका ४ जनाको परीक्षण धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

कुल ३ सय ८८ संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भइसकेका छन् ।

Loading...
SHARE
Previous articleलमजुङ अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि…!
Next articleअतिक्रमित जमीन फिर्ता लिने सवाल