तुलसीको दल राखी निर्जला एकादशी मनाईंदै

0
22

भक्तपुर ।

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधिय गुणले युक्त बिरूवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी १ महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णुको प्रतीककारूपमा तुलसीको पूजा आराधना गरिन्छ । यो ४ महिने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको छ ।

Loading...
SHARE
Previous articleलकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त जेठ २१ देखि नै बजार खाेलाै व्यवसायी
Next articleसलहकीरा आउने सम्भावना न्यून