नक्कली २० डलरको उपहार !

0
290

राकेश सुकुपायाे

ट्रम्प तिमि गोरो
फ्लोयड उनि कालो !
तिम्रो मन कालो,
उसको चम्किलो !
नक्कली २० डलरले
तिम्रो सक्कली रुप देखियो।
स्ट्याच्यू अफ लिबर्टी
आज तिम्रो प्रपर्टि
स्वतन्त्रता संग्रामलाई
युद्ध व्यापार

हतियार
कारखाना बनाई
आज ट्र्म्प तिमि तिम्रो
डलरमा झुण्डियौ!
तिम्रो राक्षसी अवतारको अन्त्य
आजको अपरिहार्यता ।।
एउटै नियत संसारलाई दुख दिने
तिम्रो वास्तविकता ।।
ईराक ईरान
लिबिया,सिरिया
प्यालेस्टाइन
अफगानिस्तान
क्युवा,कोरिया
भियतनाम अफ्रीका, बोलिभिया ।
नसताईएको देश छैन
नरोएका मानिस छैनन!

ट्र्म्प तिमि गोरो
फ्लोयड उनि कालो !
तिम्रो सोच कालो
उसको चहकिलो !
उसको गर्दन
तिम्रो घुंडा
उसको निस्सासिएको श्वास
तिम्रो प्रजातान्त्रिक हैसियत
उनि हिरा
तिमि बहिरा !
तिम्रो बहिरोपन
आज पागलपन।।
तिम्रा गोलाबारुद्व
दुनियाको गला अबरुद्ध ।।
तिम्रो साम्राज्य
तिम्रै दूर्भाग्य !!
नक्कली २० डलरको उपहार
तिम्रो अन्त्यका लागि
एक मुक्का प्रहार ।।

लेखक राकेस सुकुपायाे

२०७७/०२/२०

Loading...
SHARE
Previous articleसलहकीरा आउने सम्भावना न्यून
Next articleसुनपा ७ द्वारा तीन दिनभित्र विवरण पेश गर्न आग्रह