अर्जुन दृष्टी

0
110
सन्दर्भ फोटो

नविन बाबु कार्की

निविडलाई उधार प्रिय
आनन्दीलाई मनन गरीदेउ
त्यो सुन्दर दियोमा प्रिय
सिखालाई प्रज्वलन गर्न देउ ।

एकैसाथ प्राप्ती आनन्दको विहानी
चन्द्रमाको न्यानो किरणवाट
स्वयम आनन्दित हुंदै
तिमीसंग सिंचित हुन देउ ।

युद्धमा शान्ति जोडदा
प्राप्त हुने उपलब्धी
मात्रै हो आनन्दीको वेणी
आत्मामा विजारोपण गरी देउ ।

म एक वहादुर सिपाही हुं
साथको हतियार क्षेत्रियको शोभा हो
थाहा छैन कहां रणक्षेत्र पर्दछ
सुरक्षा कवज सदा साथमा छ ।

युद्ध अनी शान्ति जोडन चाहन्छु
तिम्रा अवयवहरु तोडन चाहन्छु
कठिन संघर्षवाट पाउने आनन्द
तिमी सामु खलित गर्न चाहन्छु ।

नसोध खलित के हो
उ रणको अर्जुन दृष्टी हो
वियोगवाट भडकीएको
एक घायल मृगतृष्णा हो ।

तन मनका तृष्णाको
प्वित्र धाम तिमी हो प्रिय
विशाल त्यो महासागरको
गहिराइलाई स्पर्स गर्न देउ ।

त्यो विशाल महासागरको
आनन्दीत छाल हो प्रिय तिमी
सुन्दर हिम श्रीङखलाको
जननी हौ प्रिय तिमी
तिमी केवल रणक्षेत्रको अर्जुन दृष्टी हौ ।

Loading...