भक्तपुरे गायक धौभडेलको कोरोना गीत सार्वजनिक

0
258

भक्तपुर । भक्तपुर साँगीतिक समाजका सदस्य एवं भक्तपुरका युवा गायक रोशन धौभडेलको विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बारे जनचेतना मूलक गीतको ‘ सचेत रहौं, सजग बनौं’ सार्वजनिक भएको छ ।

भक्तपुर, आदर्श स्थित सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि स्मृति महिला तथा बाल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत गायक धौभडेल सँगको सहकार्यमा उक्त गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हो ।

‘सचेत रहौं, सजग बनौं’ बोलको उक्त गीत भक्तपुरकै अनिल राजभण्डारीले रचना गरेका हुन् । भक्तपुरका युवा गायक रोशन धौभडेल आफैले संगीत भरेको उक्त गीतको एरेन्ज भक्तपुरकै सङ्गीत सम्योजक हेम लामाले गरेका छन् ।

कोरप्रिउ अडियो भिडियो मिल फ्याक्टोरीले यस गीतको प्रडक्सन तथा प्रि–प्रडक्सनको काम गरेको हो भने उक्त गीतको भिडियो खिच्ने, निर्देशन तथा सम्पादन गर्ने काम रिक्की कर्माचार्यले गरेका छन् ।

‘ सचेत रहौं, सजग बनौं’ गीतमा कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई सचेत र सजग हुन आह्वान गरिएको छ । अहिलेको महामारीको बेला एक आपसमा सद्भाव बढाएर संक्रमणकै कारण नआँटिकन, आत्मविश्वास बढाएर कोरोना भाइरसलाई जित्नुपर्ने सन्देश गीत मार्फत दिन खोजिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको अग्रभागमा रहेरका काम गर्दै आएका देश भरका चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उनीहरुको कामको सम्मान सहित भिडियो दृश्यावलोकन गरिएको छ ।

 

Loading...
SHARE
Previous articleनेपाली राष्टियताको सवाल
Next articleसुदिन लामाको “डान्बा खामा ताङला” सार्वजनिक