सुदिन लामाको “डान्बा खामा ताङला” सार्वजनिक

0
163

भक्तपुर । सञ्चारकर्मी एवं गीतकार सुदिन लामाको डान्वा खामा ताङसी बोलको गीत सार्वजनिक भएको छ ।
सुदिन लामाको
डान्वा खामा ताङसी चु सेम
स्यान्दो बेनान प्लेला
स्यान खाल्दै अग्यान सेमरी
एदान ग्यान्ना सेमरी।बोलको तामाङ प्रेम गीत हाल सार्वजनिक भएको हो । तामाङ भाषाको उत्थानका लागि कलम चलाउँदै आएका पत्रकार एवं गीतकार लामाको उक्त गीतको अडियो सार्वजनिक भएको हो ।

गीतमा सानै उमेरदेखि सांगीतिक दुनियाँमा आफ्नो उज्ज्वल भविष्य खोज्दै आएका युवा गायक हावा लामा र चर्चित गायिका शशिकला मोक्तानको सुमधुर आवाज दिनुभएको छ ।

गीतमा संगीत संयोजन गायक प्रतिक मोक्तानले गर्नुभएको छ भने एरेन्जर संगीतकार तथा गायक जोकलाल लामा,मिक्सिङ दिपेश प्रधानले गर्नुभएको थियो ।
बिल्कुलै माया, ममता,स्नेह र प्रेममा आधारित रहेको उक्त गीत तामाङ भाषाको सुमधुर गीत रहेको छ। मायामा के हुनुपर्छ,मायामा मन कस्तो हुन्छ साथै एकअर्कामा कतिको विश्वासिलो हुँदोरहेछ भन्ने कुरा गीतबाट प्रष्ट गरिन्छ ।उक्त गीतको म्युजिक भिडियो महामारी सकिने वितिकै ल्याउने गीतकार सुदिन लामाले जानकारी दिनुभयो ।

 

Loading...