एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय ४ बजे बैठक बस्दै

0
9

भक्तपुर । एमसिसीको विषयमा छलफल गर्न नेकपा सचिवालयले आफ्ना सदस्यलाई बैठक बोलाएको छ ।
बालुवाटरमा आइतवार ४ बजे बैठक बस्न लागेको नेकपा स्रोतले जनाएको छ । आज बस्ने नेकपाको उक्त बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको जानकारी प्राप्त भएको छ ।
झलनाथ खनालको संयोजकत्वमा एमसिसीका विषयमा अध्ययन गर्न नेकपाले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका छन् । एमसिसीको सवालमा परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्। साथै कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिदै आएको छ ।

Loading...
SHARE
Previous articleनेपालको संसद्द्वारा अभूतपूर्व एकता प्रदर्शन
Next articleभक्तपुरमा नवदुर्गा देवगणको मुकुन्डो जलाईयो