भक्तपुरमा नवदुर्गा देवगणको मुकुन्डो जलाईयो

0
423

भक्तपुर । भक्तपुरको चिनारीको रुपमा नै रहेको नवदुर्गा नाचमा प्रयोग हुने मुकुन्डो जलाईएको छ । भलभल अष्टमीको रात अर्थात शनिवार मध्यरातमा ब्रम्हायणीमा नवदुर्गा देवगणहरुले लगाउने सम्पूर्ण मुकन्डोहरु जलाईएको हो ।
विधिवत रुपमा नवदुर्गा नाच सम्पन्न गर्दै मुकुन्डोहरु जलाईएको हो ।
नवदुर्गा देवगणले लगाउने मुकुन्डो जलाउनुअगाडी शनिवार दिउसो नवदुर्गा मन्दिरमा विधिवत रुपमा पूजासँगै नाच प्रर्दशन गरिएको थियो साथै देवगणहरुले नगर परिक्रमा गर्दै ब्रम्हायणी पुगेका थिए ।

दशैको महानवमीका दिन ब्रम्हायणीमा खम्येको बली दिएपछि तान्त्रिक विधीद्दारा नवदुर्गा नाच सुरु हुने गरेको छ र भलभल अस्टमीमा अन्तय हुने गरेको छ । यो नाच उपत्यकाकै सबैभन्दा लामो समय सम्म चल्ने नाच मध्यको एक हो । नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत हुन्छ ।
नवदुर्गा नाचका लागि प्रत्येक वर्ष सुडाल स्थित ठुली ब्रमहायणीबाट माटो ल्याई विभिन्न विधी विधान अनुसार मुकुन्डो बनाउने प्रचलन रहेको छ । नाचका लागि चाहिने मुकुन्डो बनाउन माटो र तान्त्रिक पुजा सुडाल स्थित ब्रम्हायणीमा हुने र नाचको सुरुवात पनि ब्रम्हायणीबाट नै सुरु हुने साथै मुकुन्डोको सेलाउने काम पनि ब्रम्हायणीमा नै हुने भएकाले देवगणहरुको मूल देवता ब्रम्हायणीलाई मानिदै आएको छ ।

Loading...
SHARE
Previous articleएमसिसीबारे छलफल गर्न नेकपा सचिवालय ४ बजे बैठक बस्दै
Next articleसुरेशकाे दोबाटोमा नकुर है‍‍‍‌ सार्वजनिक