सुरेशकाे दोबाटोमा नकुर है‍‍‍‌ सार्वजनिक

0
78

भक्तपुर । गायक सुरेश शम्शेरको नयाँ गीत “दोबाटोमा नकुर है” बोलको गीत सार्वजनिक भएको छ । लामो समय देखि गीत सङ्गीत सृजना तथा गायनमा नै रम्दै आउनु भएका सुरेशले आफ्नै यु-ट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नु भएको हो।
गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक” को रचनाको “दोबाटोमा नकुर है” बोलको गीतमा बिदेशिने युवा युवतिको आफ़्नो नजिकको ब्यक्ति सङ्ग छुट्टिनुको पीडा र दु:खलाई समेटिएको छ भने भोलिको स्वर्णिम समय प्रति आशाबादि हुन हौस्याएको छ। गायक सुरेश स्वयमले गीतमा सङ्गीत दिनुभएको छ भने गीतमा एरेन्ज, रिकर्डिङ्ग, मिक्सिङ्ग, र गिटार वर्क पनि गायक स्वयमको नै रहेको छ । गायक सुरेश र गीतकार राजकुमार कोइरालाको यो पहिलो गीती सहकार्य हो । सुरेश शम्शेर सङ्गको सहकार्यमा आफ़ु निकै खुसी रहेको गीतकार कोइरालाले बताए।

Loading...
SHARE
Previous articleभक्तपुरमा नवदुर्गा देवगणको मुकुन्डो जलाईयो
Next articleभारतीय अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या