लोक गायक राजेश मान के.सी. को “साइली” सार्वजनिक

0
16

भक्तपुर । लोक गायक राजेश मान के.सी. को “साइली” बोलको गीतको श्रब्य दृश्य सार्बजनिक भएको छ।

गायक के.सी. स्वयमको शब्द, लयको यस गीतमा वहाँलाई गायनमा सानुमाया यादबले साथ दिनु भएको छ।

लोक गायनमा लगभग २५ बर्ष भन्दा बढी समय बिताई सक्नु भएका गायक के. सी. समाज जागरण तथा बाताबरण संरक्षण सम्बन्ध मा पनि लेख रचना हरु लेखेर समाज लाई सुसूचित गर्ने कार्यमा पनि कृयाशिल ब्यक्तित्व हुनुहुन्छ र साथै हाल भक्तपुर जिल्ला बासी भएको नाताले भक्तपुरको सांगीतिक बिकाशका लागी भक्तपुर सांगीतिक समाज संग आबद्द पनि हुनुहुन्छ।

यस नयाँ गीतमा सम्राट थापाको संगीत संयोजन रहेको बिल्कुलै शुद्द नेपाली लोक धारको गीतको भिडियो जय प्राप्ति प्रा. लि. को यु-ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो।

Loading...
SHARE
Previous articleभक्तपुरमा दुर्घटना दुईकाे मृत्यु
Next articleस्थानीयद्धारा गाँंजा फडानी गरी नष्ट