चौतारा साँगाचोकगढीमा सँस्कृत पाठशाला भवनको शिलन्यास

0
14

सिन्धुपालचोक । सिन्धुपालचोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ स्थित मेलचौरमा संस्कृत पाठशाला निर्माण गरिने भएको छ । श्रीहरी आध्यामिक सेवा आश्रमद्वारा उक्त संस्कृत पाठशाला निर्माण हुन लागेको हो ।
ज्योतिशी, कर्मकाण्ड, आयुर्वेद र योग सम्बन्धि शिक्षा प्रदान गर्ने उद्देश्यरले सँस्कृत पाठशाला निर्माण गर्न लागिएको हो । तीन महिनाको पाठ्यक्रम निर्माण गरी सँस्कृतका व्याकरण, सन्धी, समास, धातु लगायतका विषय सिकाइनेछ । त्यस्तै संस्कृत कसरी बोल्ने र नेपाली सँस्कृतिको संरक्षण सम्बन्धी पठनपाठन र सँस्कृत गुरुकुल निर्माण गरिने श्री हरी आध्यामिक सेवा आश्रमका संस्थापक अध्यक्ष डा. पुण्यप्रसाद दङ्गालले जानकारी दिनुभयो ।
असार १ गते सोमवार संस्कृत पाठशाला भवनको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ का वडाध्क्ष उमाप्रसाद दुलाल र संस्थाका सचिव देवी दङ्गालले संयुक्तरुपमा भवनको शिलन्यास गर्नुभएको हो ।
। करिब ५० लाख लागतमा ८ कोठाको पक्की भवन निर्माण गर्ने गरी भवनको शिलन्यास गरिएको हो । उक्त भवन निर्माणका लागि सांसद शेरबहादुर तामाङ्ले दश लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको डा. दङ्गालले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि स्थानीय तह, विभिन्न दाता, चन्दा दानमार्फत आवश्यक रकमको व्यवस्था गरिनेछ ।
कोरोना भाइरसको सङ्क्रमण हटेपछि उक्त भवनमा पठनपाठन गरिने भए पनि केही समयपछि शिलन्यास गरिएको भवन क्षेत्रमै रहेको सार्वजनिक भवनमा पठनपाठन शुरु गरिने तयारी गरिएको छ ।
यसैबीच सिन्धुपालचोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं.७ स्थित मेलचौरमा २१ रोपनी जग्गा डा.दङ्गालले संस्थाको नाममा दान गरिसक्नु भएको जनाइएको छ ।
शिलन्यास कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम खनाल समाजसेवी अमृतबहादुर कार्की, क्यामरा म्यान रबिन बजगाई, नेपाल प्रहरीका पूर्व डिएसपि गोबिन्दबहादुर खड्का लगायतकाले कार्यक्रमको आवश्यक समन्वय गर्नुभएको थियो । कार्यक्रममा कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि सहभागिलाई पञ्जा र माक्स वितरण गरिएको थियो ।

Loading...
SHARE
Previous articleनवराजकी ‘प्रेमिका’ को बयान- ‘मेरो बुवा र दाइहरुले मारेको विश्‍वास छ’
Next articleसातै प्रदेशको बजेट २ खर्ब ६४ अर्ब