कृषि तथा वन विज्ञान विश्वविद्यालय ११ औं वर्षमा प्रवेश, विविध कार्यक्रमका विच वार्षिकोत्सव कार्यक्रम सम्पन्न

0
41

रामपुर ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाको विशेष उपस्थितिमा रामपुर स्थित कृषि संकायको परिसरमा दिपावलि गर्दै १० औं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम समापन भएको छ । उक्त कार्यक्रममा बोल्नुहुँदै उपकुलपति थपलियाले कोबिडको सन्दर्भमा अन्यौल भएको शैक्षिक अव्यवस्थालाई अवसरको रुपमा लिँदै विश्वविद्यालय अनुदान आयोगले धेरै पहिला देखिन् दिइरहेको सुझावलाई पनि ध्यान दिँदै अनलाईन लर्निंग म्यानेजमेन्ट प्रणालिलाई व्यवस्थित गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो । वार्षिकोत्सवको अवसर पारेर आजबाट विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुलाई सो सम्बन्धि तालिम सुरु भइ सकेको जनाउँदै भोलिबाट अनलाइन पठन पाठन पनि क्रमशः सुरु हुदै जाने जानकारी पनि सो अवसरमा दिइयो । उपस्थित सम्पुर्णलाई विश्वविद्यालयको स्थापना दिवसको शुभकामना दिनुहुँदै विषम परिस्थितिको वाबजुद विश्वविद्यालयलाई थप सशक्त बनाएर लैजान प्राध्यापकहरुको अहम् भूमिका रहने उपकुलपति थपलियाले बताउनुभयो ।
कार्यक्रमका सहभागि कृषि संकायको डिन प्राध्यापक डा. कल्याणि मिश्र त्रिपाठिले समग्र विश्वविद्यालय र विशेषतः कृषि संकाय हिजोको अवस्थामा स्थापनाकालमा केहि कमजोरी भयो तर भोलिका दिनमा त्यो कमि कमजोरी हामीले दो¥याउने छुट नभएको जनाउँदै कृषिमा अध्ययन, अनुसन्धान र प्रसारलाइ थप सशक्त बनाउँदै अध्ययन पश्चात विद्यार्थीहरु कृषि व्यवसायिकरणमा जानसक्ने वातावरण श्रृजना गर्न कृषि संकाय अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापकहरु, विभिन्न निर्देशनालयका निर्देशकहरु, सहायक डिन प्रा डा विष्णुराज ओझा, विभागिय प्रमुखहरु, विश्वविद्यालयका कर्मचारी प्रमुख तथा प्रशासक बुद्धि ढुंगाना लगायत अन्य कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो । यसै बिच बिहान कृषि संकायले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो भने पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले वृक्षा रोपण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमहरुमा प्राध्यापक तथा कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कोबिडका कारणले यस वर्ष वार्षिकोत्सव कार्यक्रम निकै सरल रुपमा मनाइएको जानकारी दिइएको छ । कार्यक्रममा सोही कारणले विद्यार्थीहरुको निकै कम उपस्थिति रह्यो ।
सन् २०६७ मा स्थापना भएको यस विश्वविद्यालयले छोटो समयमा नै कृषि, पशु तथा वन विज्ञान शिक्षा, अनुसन्धान र प्रसारमा आफ्नो अन्तराष्ट्रिय छाप छोड्न सकेका बताइन्छ । निवर्तमान उपकुलपति इश्वरीप्रसाद ढकालको अवसरमा विश्वविद्यालय विभिन्न आंगिक कलेज र अनुसन्धान केन्द्र संचालन गर्दै देशव्यापि आफ्नो उपस्थिति जनाउन सक्षम भएको देखिन्छ । हाल विश्वविद्यालयमा करिब १०० जना विद्यावारिधि, ८०० स्नातकोत्कर र ३८७१ स्नातकका विद्यार्थीहरु कृषि, भेटेरिनरी, वन तथा मत्स्य विज्ञान विषयमा अध्ययनरत रहेका छन् । हाल कास्कि, कैलालि, उदयपुर, धनकुटा, सिन्धुलि, महोत्तरी, बाँके र रोल्पा गरि ८ वटा जिल्लाहरुमा आंगिक कलेज स्थापना भइ पठन पाठन सुचारु भइ सकेको अवस्था छ भने निकट भविष्यमा थप अन्य जिल्लाहरुमा पनि आंगिक कलेज स्थापना हुने तयारीमा रहेको बताइन्छ । देशै भर विस्तारमा रहेको विश्वविद्यालय थप जिम्मेवार भइ गुणस्तर शिक्षाका लागि कटिवद्ध रहनुपर्ने बताउनुहुन्छ किट विज्ञान विभागका विभागित प्रमुख तथा सहप्राध्यापक डा. सुन्दर तिवारी ।

Loading...