भक्तपुरमा प्रहरी जवान सहित तीन जनामा कोरोना संक्रमण

0
3688

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत एक प्रहरी जवानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चाँगुनारायण नगरपालिका–५ छालिङ निवासी ३२ वर्षीय ती प्रहरी कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि सञ्चार शाखामा सिल गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानले बताए ।

कोरोना भाइरस शंकास्पद देखिएपछि पीसीआर परीक्षण गराएर ती प्रहरी कर्मचारीलाई ४ दिनदेखि ‘होम क्वारेन्टाइन’मा राखिएको उनले बताए । बुधबार साँझ पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सञ्चार शाखामा कार्यरत अन्य प्रहरी कर्मचारीलाई शाखामै क्वारेन्टाइन गरेको एसपी प्रधानका अनुसार नगरपालिकाहरुको समन्वयमा जिल्लामा कार्यरत करिब ६ सय जना प्रहरी कर्मचारीले विद्यालयको कक्षाकोठालाई ब्यारेक र डेस्कबेञ्चलाई पलङको रुपमा प्रयोग गरेको छ । ड्यूटीमा खटिने कर्मचारीको सुरक्षाका लागि सामाजिक दुरी कायम गर्न विद्यालयलाई ब्यारेकको रुपमा प्रयोग गरेकाले सेवामा कुनै प्रभाव नपर्ने उनले बताए ।

त्यसैगरी, बुधबार नै भक्तपुर नगरपालिका–७ का २२ वर्षीय एक पुरुष र चितवन घर भई ललितपुर टिकाथली बस्ने ५० वर्षीय पुरुषमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवैजनाको ‘स्वाब’को नमुना भक्तपुरमा संकलन गरेको थियो ।

कुवेतबाट जेठ ३०मा फर्किएर चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा बसेकी एक महिलामा कोभिड–१९ संक्रमण पुष्टी भएको छ । नवलपरासी गैंडाकोट स्थायी घर भएकी ती २२ वर्षीया महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कुवेतबाट आएका १ सय ५० आएका थिए ।

Loading...
SHARE
Previous articleलकडाउन अवधिको घरभाडा छुट पाउने कि नपाउने ?
Next articleभक्तपुर स्काउटद्धारा एसपी प्रधानलाई विदाई