वेवी शावर गीत सार्वजनिक

0
101

भक्तपुर । नयाँ बच्चाको आगमन हुनु यतिकै पनि खुसीको कुरा हो । यस्तै खुसीको अवसरमा मान्छे गाउने रमाउने गर्छन । यसलाई साथ दिन दुर्गा खनाल घिमिरेको शव्दमा वेवी सावर बजारमा आएको छ ।
प्रताप दास र मिलन नेवार आमत्यको श्वरमा बजारमा आएको उक्त गीतलाई संगीत भने हेम लामाले दिनुभएको छ ।

गम्विर विष्टको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा आयुष रिजाल, अंजली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली लगायतलाई हामी देख्न सक्छौं ।
यस्तै गीतको छायांकन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो ।
विल्कुलै फरक किसिमको उक्त गीतलाई दर्शकले रुचाउनेमा आफूहरु विश्वस्त भएको संगीतकार हेम लामा बताउनुहुन्छ ।

 

Loading...