गुम्बा विकास समितिमा होमबहादुर दोङ

0
33

भक्तपुर । बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर दोङ आउनु भएको छ । उनलाई मन्त्रिपरिषदको बैठकले बुधबार नियुक्त गरेको हो ।

नेपाल सरकार अन्र्तगत विभागीय समितिहरुको खाली रहेको पदपूर्ति अनुसार नै खाली रहेको विकास समितिमा उहाँको नियुक्ती भएको हो ।

दुप्चेश्वर गाउँपालिका ५ नुवाकोट साविक बालकुमारी २ का दोङ पेशाले एक कानूनी व्यवसायी भएपनि उहाँ नेपाल बास्केटबल संघ २०६५ मा केन्द्रीय सदस्य, २०७० मा सचिव र ०७१ ०७२मा महासचिव सम्म रही सक्नु भएको छ । उहाँ हाल संघको उपाध्यक्ष रहनुभएको छ ।
यसैगरी २०७६ देखि हालसम्म नेपाल ओलम्पिक कमिटीका सदस्यको जिम्मेवारीमा समेत उहाँ हुनुहुन्छ ।

दोङ २०५७ मा नेपाल ल क्याम्पसका स्ववियु सभापति हुनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको समितिमा अहिलेसम्म १६ जनाले सदस्य सचिवमा कार्यभार सम्हालिसकेका छन् । जसमा कृष्णलाल थकाली मुस्ताङ, कोमल पंगेनी तनहुँ, जीतविर लामा दोलखा, मार्क तामाङ धादिङ, नरेन्द्रकुमार गुरुङ भोजपुर, ङिमातेण्डुप शेर्पा सोलुखुम्बु, दोर्जीजाम्बु लामा सोलुखुम्बु, विद्यासागर योन्जन रामेछाप, इन्द्रबहादुर गुरुङ स्याङ्जा, नरेन्द्रकुमार गुरुङ भोजपुर, ङिमातेण्डुप शेर्पा सोलुखुम्बु, शेरबहादुर तामाङ सिन्धुपाल्चोक, अजितमान तामाङ नुवाकोट, कर्णबहादुर घले खोटाङ, रुद्रसिंह तामाङ नुवाकोट र नरेन्द्रकुमार गुरुङ भोजपुर रहनुभएको छ ।

समितिको सदस्य सचिवमा नरेन्द्रकुमार गुरुङले तीन पटक कार्यभार सम्हाल्नुभएको थियो भने ङिमातेण्डुप शेर्पाले दुई पटक कार्यभार सम्हाल्नुभएको थियो ।
विकास समितिमा दोङको नियुक्ती सँगै देश भर अधुरा रहेका गुम्बाका कामले भने पूर्णता पाउनेमा सम्पूर्ण आशावादी रहेका छन् ।

Loading...