एमसीसीविरुद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सडकमा

0
0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रमसं) ले महिला हिंसा, एमसीसी र भ्रष्टाचारको विरोध गर्दै सडकमा उत्रेको छ ।
‘एमसीसी चाहिँदैन, भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टिन र बलात्कारीलाई सजायको माग’ गर्दै बुधबार माइतीघरबाट सुरू भएको विरोध र्याली बानेश्वरमा पुगेर सम्पन्न भएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै महिला नेतृ विजयकला राईले, लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो । कोरोना महामारी विरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै, क्वारेन्टिनमा महिला बलात्कृत हुँदा सरकार टुलटुल हेरेर बस्नु महिला हिंशाको पराकाष्ठा भएको बताउनुभएको थियो ।

सरकारको रवैयाको विरोधमा उपत्यकाका तीनै जिल्ला लगायत विभिन्न जिल्लाका महिलाहरु विरोधमा उत्रेका थिए ।

Loading...
SHARE
Previous articleभक्तपुरमा एक जना सहित ६ सय २९ मा कोरोना पोजेटिभ