एमसीसीको विरोध गर्दै राप्रपा भातृसंगठन युथ भोलेन्टरले भक्तपुरमा निकाल्यो मसाल जुलुस

0
0

भक्तपुर । राप्रपाको भातृसंगठन युथ भोलेन्टर नेपाल भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा बुधबार साँझ मसाल जुलुस निकालिएको छ ।

देश घाती एमसीसीको विरोधमा थुथ भोलेन्टर नेपालले भक्तपुरको दुधपाटीबाट मसाल जुलुस निकालेको थियो । मसाल जुलुसले भक्तपुरका विभिन्न भागको परिक्रमा गरी तौमडीमा गएर कोण सभा गर्दै सम्पन्न भएको थियो ।
युथ भोलेन्टर केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लाखा र राप्रपा केन्द्रीय सदस्य रामेश्वर थापाले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो ।


विरोध सभालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य रामेश्वर थापाले एमसीसी ल्याउनु देशलाई बेच्न खोज्नु हो भन्दै यसको विरोध गर्नुभएको थियो । उहाँले देशमा भएको हत्या हिंसा बलात्कार एवं कोरोनाको मारलाई भन्दा पनि एमसीसीका लागि सरकार बढि केन्द्रित भएको भन्दै यो सरकारले देश बेच्न सक्ने आरोप समेत लगाउनुभएको थियो ।
उहाँले विरोध सभालाई सम्बोधन गर्दै कसैको ब्यक्तिगत स्वार्थका लागि देश बेच्न नपाईने समेत बताउनुभएको थियो ।
यस्तै सरकारको विरोध गर्दै राप्रपा संयुक्तले विभिन्न नारा लगाउँदै मसाल जुलुस सम्पन्न गरेको थियो ।


यस्तै कोणसभालाई सम्बोधन गर्दै युथ भोलेन्टर केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लाखाले देशका नदी नाला सबै बेचेर खाई सकेपछि अव देश नै बेच्न एमसीसी पास गराउन लागेको आरोप लगाउनुभएको थियो ।
एमसीसी पास गराउनुभनेको देशलाई अरुको दाश बनाउनुभएको बताउँदै मात्र केही अर्वका लागि हामीले आफ्नो स्वाधिनता बेच्नुनहुने बताउनुभयो ।


उहाँले देशमा बढ्दो कोरोना रोकथाममा सरकारले लाग्नु भन्दा कसरी कोरोनाका नाममा भ्रष्टाचार गर्न सकिन्छ भनी लाग्नु लाजमर्नु भएको बताउनुभयो । लेखा समितिले नै कोरोनाका सामग्री खरिदमा अनियमितता भएको जनाउँदा जनाउँदै पनि यस प्रति एक श्वद नबोल्न देश प्रेम नभएका नेता कर्सिमा रहेको प्रस्ट भएको उहाँको आरोप रहेको थियो ।

विरोध सभामा युथ भोलेन्टर जिल्ला उपाध्यक्षहरु रोशन नापित, लाले तामाङ, गंगा शरण माक, जिल्ला सचिव सुनविर थिङ, भक्तपुर नगर अध्यक्ष सुनिल ढुकुथु, जिल्ला सदस्य किसन ठुसा लगाएतका सयौं युवाहरुको उपस्थिती रहेको थियो ।

 

Loading...
SHARE
Previous articleएमसीसीविरुद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सडकमा