अन्तर्राष्ट्रिय लागुऔषध ओसार प्रसार विरुद्धको दिवसमा ट्यालेन्ट हन्ट सम्पन्न

0
0

मकवानपुर । अन्तर्राष्ट्रिय लागुऔषध ओसार प्रसार विरुद्धको दिवसको उपलक्ष्यमा मकवानपुर रिकभरिङ समूहको आयोजनामा ट्यालेन्ट हन्ट सम्पन्न भएको छ ।
प्रतियोगितामा संस्थामा नै उपचार गर्दै आएका १५ जनाले सहभागिता जनाएका थिए ।
विभिन्न प्रस्तुतीहरु दिएका उनीहरु बाट प्रतियोगितामा राजकुमार श्रेस्ठ प्रथम र अर्पण लिंगदेन द्वितीय हुन सफल भएका थिए ।
संस्थाका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा र युवा समाजसेवी एवम् अभियन्ता सुनिल गिरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चलचित्र पत्रकार महासंघका मणिराज गौतम,नेपाल पत्रकार महासंघ, मकवानपुर सचिव गणेश दर्पण अधिकारी, नयाँ गोरेटो बाराका राजकुमार लामा, सियान पुर्नस्थापना केन्द्रका सौजन डि.सी., हाँसेको इन्द्रेणीका श्रीजना लामा, मकवानपुर पोजेटिभ समूहका राजु सुबेदी, NAP+N का सुजन थापा, नयाँ गोरेटो हेटौडाका प्रविन श्रेष्ठ, ब्रिज अफ होपका गोकर्ण ठकुरी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Loading...
SHARE
Previous articleटोखामा चक्कु हानेर श्रीमतीको हत्या