टोखामा चक्कु हानेर श्रीमतीको हत्या

0
21

काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले चक्कु हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु  प्रहार गरी हत्या गरेको अभियोगमा विहिबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु(छरा) प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Loading...
SHARE
Previous articleलक डाउनमा १०९ बलात्कार