चाँगुमा घाँस काट्ने क्रममा पार्वतीको कानको लाेती नै चुडालेर रीङ लुटियो,लुटेरा पक्राउ

0
0

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।

चाँगुनारायणतर्फबाट आएका उनीहरुले खुकुरी देखाएर आफ्नो बारीमा घाँस काटिरहेकी पार्वती गुरुङको ९९ लाल सुनको एक जोर गहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुको टोलीले तत्कालै स्थानीयवासीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको साँखुका प्रहरी प्रमुख इन्सपेक्टर गोविन्द पन्थीले जानकारी दिए ।

घटना भएको आधा घण्टाभित्रै शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटारबाट स्थानीयको सहयोगमा  उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर पन्थीको भनाइ छ ।

पक्राउ परेका उनीहरुको साथबाट गहना लुट्दा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको पन्थीले बताए । उनले भने– ‘थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Loading...
SHARE
Previous articleअन्तर्राष्ट्रिय लागुऔषध ओसार प्रसार विरुद्धको दिवसमा ट्यालेन्ट हन्ट सम्पन्न