भक्तपुरका १ सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालका सबै जिल्लामा संक्रमित

0
8

भक्तपुर :- शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्।
हाल सम्म रसुवा मात्र एक जिल्ला जसमा कोरोना फेला परेको थिएन ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार देशभर ५५४ जना संक्रमित थपिएका छन्। देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ। मध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन्।
यस्तै भक्तपुरमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखियको मन्त्रालयले जनाएको छ । यो सँगै भक्तपुरमा कोरोना पोजेटिभको संख्या २४ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Loading...
SHARE
Previous articleलागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा गहना पाेखरीमा दिप प्रज्वलन