लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा गहना पाेखरीमा दिप प्रज्वलन

0
0

निर्णय, श्री कैलाशकुट युवा क्लव र रिकवरिङ्ग नेपाल द्धारा दीप प्रज्वलन कार्यक्रम

काठमाडाैँ । ३३ औं अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा निर्णय नामक संस्था, श्री कैलाशकुट युवा क्लव र रिकवरिङ्ग नेपाल (लागुऔषध प्रयोगकर्ता तथा लागुऔषधमा काम गर्ने संघ–संस्थाहरुको महासंघ) संयुक्त आयोजनामा गहनापोखरी, काठमाडौमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

२६ जुन लाई लक्षित गरि देश व्यापिरुपमा गृह मन्त्रालयको अगवाइमा राष्ट्रिय स्थरमा कार्यक्रमहरु संन्चालन हुदै आइरहेको तर यस वर्ष काेवीड 19 को कारणले राष्ट्रिय कार्यक्रम हुन नसकेको र यस दिवसलाई नागरिक समाजको स्थर वाट भए पनि जनमानसमा जनचेतना पुराउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको निर्णय संस्थाका कोषाध्यक्ष राजकुमार मुनिकारले बताउनु भयो ।

अहिलेको अवस्थामा लागुऔषध प्रयोगका कारणले हजारौ व्यक्तिरुको अनाहकमा मृत्युवरण गर्न वाध्य भएका छन भने कतिले उपचार नपाएर आफ्नो स्वास्थ्य अधिकार बाट बन्चित हुनु परेका छन, यो अवस्थालाई नियंत्रण गर्नको निमित उपचारमा पहुुंच र रोकथामका उपायहरु पहिल्याउन सरकार, नागरिक समाज र सरोकार वाला निकायहरु बीच ठोस सहकार्य र समन्वय हुनु पर्ने एवं लागुऔषध सम्वधित जनचेतना अभियान लाई अझ व्यापक रुपमा अधि बढाउनु पर्नेे साथै लागुऔषध प्रयोग गर्नु रोग, अवस्था वा अपराध जे परिभाषा दिएता पनि त्यसको समाधान सजाय चाहि होईन बरु विभिन्न सेवा तथा उपचारहरु र परामर्श द्धारा ठिक हुन सकिने भनि रिकवरिङ्ग नेपाल महासंघका सदस्य समिर थापा क्षेत्रीले बताउनु भयो ।

काठमाडौं वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल द्धारा पहिलो दिप प्रज्वलन गरि कार्यक्रम सुरु गर्नु भयो र उक्त कार्यक्रमा श्री कैलाशकुट युवा क्वलका पदाधिकारीहरु, वडा वासिहरु र सरोकारवाला संघसंस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Loading...
SHARE
Previous articleचाँगुमा घाँस काट्ने क्रममा पार्वतीको कानको लाेती नै चुडालेर रीङ लुटियो,लुटेरा पक्राउ