भक्तपुरकी संक्रमित थिमीकी ४ वर्षिया बालिका

0
0

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीका ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले भक्तपुरका एकजनामा संक्रमण देखिएको भनिएकोमा भक्तपुरको मध्यपुर थिमि–९ का ४ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालिकालाई पेट दुखेपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो ।

उनको एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भएपछि अस्पतालले असार ११ गते स्वाबको नमुना संकलन गरि परीक्षणका लागि पाटन अस्पताल लगिएको थियो ।

स्वाबको रिपोर्ट नआएसम्मका लागि बालिकालाई औषधी दिएर घरमै फर्काइएको मध्यपुर थिमि नगरपालिकाकाले जनाएको छ ।

उनको स्वाब संकलन गरेको २ दिनपछि शनिबार संक्रमण पुष्टि भएको हो ।

अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल लगियकाे छ र घर सिल गरियकाे छ ।

बालिकाको परिवारलाई भने होम क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिने जनाइएको छ ।

Loading...
SHARE
Previous articleभक्तपुरका १ सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालका सबै जिल्लामा संक्रमित