यौन हिंसा पीडित छोरीको आमालाई चिठ्ठी

0
0

आमा तपाईंलाई सन्चो नभएको खवर थाहा पाए, माफ गर्नुहोस् अहिले पनि हजुर सँगै रहिरहन पाएको छैन , मलाई फेरी पनि ७/८ वर्ष उमेरमा विरामी भएकै बेलामा मरेको भए हन्थ्यो भनेर नभनिसियो ।
त्यतिखेर विरामी हुँदा गुठीयार समेत जम्मा भएर घाटमा लैजान तयारी भएको घटना पटक पटक सुनाउनुहुन्थयो । आमा म कसरी विरामी परें भन्ने विषयमा कुनै कोणले कसैले पनि सोचेन । म माथी परिवार भित्रैबाट २ पटक यौन दुब्यवहार भएको थियो । यसको कारण म विरामी भएँ । बालापनका कारण यो घटनाले दुर्र्घटनामा परिणत हुन पाएन । आमा अव मसँग कसले दुब्र्यवहार गर्यो भनेर नसोध्नु किनकी मेरो सम्मरणमा त्यो जलन अझै ताजा नै छ तर पस्कन भने सकिन । त्यतीबेला दश रुपैंया पैसा लिन आउन भनेर बोलाइएको थियो । त्यसपछि अध्यारो छिडिमा लगेर मुख थुनेर यौन दुब्यवहार गरिएको थियो । मेरो छाती नै माथी उठेको थिएन् । बेसरी समातेको दुखाईको अनुभव अहिले पनि ताजै छ । यस्तो ब्यवहार मेरो परिवारमा अरुले नभोगेको हुन सक्दैन । यस्तो ब्यवहार परिवार भित्रको कुरा भनी भित्र भित्रै दवाईयो । मेरो आँसुलाई कसैले देखेन आमा । तर परिवारको इज्जतको मात्र ख्याल गरियो र मेरो आँसु मेरो हाँसो अनी मेरो पुरै जीवन नै दवाउने कोसिस भयो ।
मेरो जस्तै पिडा धेरै महिलाहरुले ब्यहोर्नु परेको छ । यसलाई सामाजिक समस्याका रुपमा लिन कसैले चाहाँदैन । यस्तो विषयलाई सामान्य रुपमा किन लिइन्छ आमा ।
अनी यस्तो घटनालाई लुकाउने उमेरै नपुगी विवाह बन्धनमा पारेर किन हामीलाई पन्छाइन्छ आमा ।
छोरीको छिटो विवाह गराएर आफ्नो कर्तब्य र दाहित्व पुरा भएको मान्दा रहेछन् अभिभावक आमा । छिटो विवाह गरि दिएर छोरीहरुलाई यौन दुब्यवहार बाट बचाउन यसो गरिएको जस्तै लाग्यो आमा मलाई यो त ।
आमा यस्तो घटनाबाट हामीलाई जोगाउन के बाल विवाहलाई प्राथमिकता दिनु पर्ने दिनहरु आएकै हुन् त छोरी जन्मनासाथ यौन अंग भएकै कारणले साना साना बालिक देखि बृद्दाहरुले यौन हिंसा खेप्नै पार्ने हो त आमा । नत्र आमा यही यौन अंगका कारण दाइजो अनी बाल विवाह साथै विभिन्न गिद्दे नजर अनी हिंसा सहनै पर्ने र हामी मर्ने पर्ने हो त आमा ।
एक टक भएर सोच्छु आमा आजकाल यो समाजमा बाच्न पनि छोरा भ्रुणलाई मात्र अधिकार रहेछ । आमा अव त तपाईले पनि छोरा भ्रुणमात्र जन्माउनु है नत्र अव जन्मने बहिनीले पनि यो सहनु पर्ने छ ।
आमा म तपाईंलाई प्रत्यक्ष देखेर घटना सुनाउन सक्दीन त्यसैले अर्को घटना अर्को पत्र मार्फत राख्ने कोसिस गर्दछु । नमस्कार ।
तपाईंकी छोरी जो तपाईं सँग छैन

Loading...
SHARE
Previous articleभक्तपुरमा खानेपानीका पुर्व अध्यक्ष केदार त्वानाबासुले ५ बर्षसम्म संस्थाको रकम हस्तान्तरणमा गरे अटेर