अनेरास्ववियू भक्तपुरले बुझायो राष्ट्रिय परीक्षा बोर्ड र चार वटै स्थानीयतहलाई ज्ञापनपत्र

0
0

भक्तपुर । अनेरास्ववियू भक्तपुर जिल्ला कमिटीले राष्ट्रिय परिक्षा बोर्ड र भक्तपुरका चारै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

भक्तपुर जिल्ला भित्र रहेको निजी शैक्षिक संस्थाहरु र विद्यालयहरुले कोरोना संक्रमणको समयमा विभिन्न प्रंपञ्चहरु रचेर विद्यार्थी र अभिभावकहरुलाई शुल्क लिने, एसईई परिक्षार्थीहरुको आन्तरिक मुल्यांकन विधिमा पक्षपात नगरि विद्यार्थीहरुलाई मारमा नपारी विना पुर्वग्राही भएर मुल्यांकन गर्न र भक्तपुर जिल्ला भित्र हुने र हुन सक्ने शैक्षिक विकृति एवं विसंगतिहरुको विरुद्धमा र शैक्षिक मुद्दाहरुमा केन्द्रित रहेर सुझाव सहितको रचनात्मक र श्रृजनात्मक दबाब श्रृजना सहित ध्यानाकर्षण गर्नको लागि नगरप्रमुखहरु र उपप्रमुखहरु लाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेको जिल्ला कमिटी संयोजक सुवास तिमिल्सिनो जानकारी दिनुभयो ।

देश पूर्ण रुपमा कोरोना माहामारीका विच जुझी रहेको समयमा शैक्षिक माफियाहरु र दलालहरु चलखेलमा लागेको बताउँदै उहाँले यसलाई रोक्न आफूहरुले ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य जयराम बास्तोला,पार्वती शर्मा, पुर्व जिल्ला अध्यक्ष सुमन न्यौपाने, , सह संयोजक विराज थापा, जिल्ला सदस्यहरु हरिशरण बस्नेत, पुष्पराज ढकाल, प्रवेश तिमिल्सिना, दिपेश बिसुन्के लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

Loading...
SHARE
Previous articleराजनीतिक बाघ चाल: ओली पथ र प्रचण्ड पथ बीच भिडन्त